गजुरीबजारमा होटल महाशक्ति संचालनमा आयो

1362 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ गजुरी गाउँपालिकाको गजुरी वजारमा शनिवार देखि होटल महाशक्ति संचालनमा आएको छ । धादिङ उद्योग वाणिज्य संघका महासचिव समेत रहनु भएका लोकनाथ डल्लाकोटीले गजुरी बजारमा होटल महाशक्ति इन्टरनेशनल प्रा.लि. संचालनमा ल्याउनु भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकारले शनिबार होटलको उद्घाटन गर्नुभएको हो । राजमार्गमा खाना तथा बासको लागि स्तरीय होटलको खोजीमा रहेका ग्राहकहरुलाई लक्षित गरेर होटल महाशक्ति इन्टरनेशनल प्रा.लि. संचालनमा ल्याईएको संचालक डल्लाकोटीले वताउनु भयो ।

होटलमा ५ वटा एसि र ८ वटा साधारण कोठा रहेका छन् । विभिन्न परिकारका भोजन, सेमिनार हल, पार्किङको सुविधा, इन्टरनेट, हरेक कोठामा टेलिभिजनको सुविधा रहेको संचालक डल्लाकोटीले जानकारी दिनु भयो ।

लोकनाथ डल्लाकोटी धादिङ जिल्लामा डिजिटल कलर ल्याव सेवा शुरुवात गर्ने पहिलो व्यक्ति समेत हुनुहुन्छ ।महाशक्ति इन्टरनेशनल प्रा.लि. मार्फत व्यापारिक कार्य संचालन गर्दै आईरहनु भएको छ ।