नागढुंगा देखि गल्छी सम्म सडक जाम,विरामीको वाटोमै मृत्यु (भिडियो सहित)

2990 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१० असोज – दुवै मृगौलामा समस्या आएपछि उपचारका लागि रौतहटबाट काठमाण्डौं आउँदै गरेका एक विरामीको नागढुंगा नौविसे सडक अबरुद्धका भउका कारण वाटोमै ज्यान गएको छ ।

रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ का ३५ बर्षिय रुपलाल साहको शुक्रबार विहान ५ वजे तिर धादिङको थांक्रे गाउँपालिका वडा नम्बर २ स्थित पृथ्वीराजमार्गको हुलाकडाँडा नजिकै बस भित्रै मृत्यु भएको हो ।

महादेबबेसी प्रहरी चौकीका इन्चार्ज सई बाबुलाल श्रेष्ठका अनुसार साह आफन्तहर्का साथ विहीवार सांझ गरुडाबाट ना ७ ख ५३६४ नम्बरको रात्री बसमा काठमाण्डौंका लागि आएका थिए । राती २ वजे महादेबबेसी नजिकै आईपुगेको बस विहान ५ वजे सम्म पनि त्यहिं रोकिन पुगेको थियो ।  अवरोध नहुंदा करिव एक घण्टामा बस महादेबेसीबाट काठमाण्डौं प्रवेश  गर्दछ ।

काठमाण्डौंको नागढुंगा देखि धादिङको खानीखोला सम्मको सडक खण्ड मर्मतका लागि सडक एकतर्फि बनाईनुका साथै मालवाहक ट्रकहरु ठाउँ ठाउँमा विग्रिएका कारण चार दिन देखि सवारी जाम हुंदै आईरहेको छ । शुक्रवार विहान काठमाण्डौं प्रवेश गर्ने सवारीको जाम राजधानी देखि ५० किलोमिटर गल्छी सम्म आईपुगेको थियो ।

नौबिसे नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित हुँदै आएको छ ।

भिडियो हेर्नुहोस

Posted by Ramchandra Bhagawan on Thursday, 26 September 2019