झुटो समाचार लेखाएर चरित्र हत्या गर्न खोजियो -सांसद लोहनी

2152 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ १८ असोज । धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य खेमप्रसाद लोहनीले आफ्नो बारेमा एउटा अनलाइनले चरित्र हत्या गर्ने उद्धेश्य राखेर भ्रामक समाचार लेखेको भन्दै आपत्ति जनाउनु भएको छ ।

धादिङ न्यूज डट कम सँग कुरा गर्दै सांसद लोहनीले भन्नु भयो ‘ पार्टी पंक्ती भित्रैका केही अराजक, अरुको मान मर्दन र चरित्र हत्यामा रमाउन चाहने, संघर्ष र संगठनलाई भन्दा झुण्डमा विश्वास गर्ने व्यक्तिहरुको उक्साहटमा एक अनलाइनले मनगढण्ते कुरा लेखेर समाचार प्रकाशित गरेको बताउनु भयो ।

काठमाण्डौंबाट संचालित एक अनलाईने बुढीगण्डकी डुबान क्षेत्रमा नक्कली पीडित बनेर पैसा लिन खोजेको भन्दै सांसद लोहनीको बारेमा समाचार प्रकाशित गरेको थियो । सांसद लोहनीले सो समाचारको आशय समाजमा भ्रम फैलाएर झुटको खेती गर्दै चरित्र हत्या गर्नु बाहेक अरु कुनै उद्धेश्य नभएको उहाँले बताउनु भयो । आंफु्ले क्षतीपुर्तीका लागि दावी गरेको जग्गा पैतृक सम्पत्तिबाट आएको पुर्ण हकभोग रहेको घर आवास रहेको साविक चैनपुर वडा नम्बर ३ घ कि.न. ११२ क्षेत्रफल १०–०–३–२ जग्गाको बीच पारेर बाटो बनेको,उक्त जग्गा पुर्ण रुपले डुबान क्षेत्र पर्ने हुँदा नियममानुसार आफुले दावी गरेको बताउनु भएको छ ।

अनलाइन पत्रिकाले उल्लेख गरेको चैनपुर ३÷घ कि.न.२३६ को जग्गा आफ्नो नभएको ,त्यसमा न घर गोठ छ न आफुले कुनै दावी गरेको छ । हाल हकभोग गरी रहेको जग्गा जमीन कहीं कतै सार्वजनिक जग्गा एक ईन्च पनि नमिचिएको सांसद लोहनीले बताउनु भयो ।

मुआब्जा सिफारीसका लागि घर जग्गाको श्रेष्ता,प्रमाण पुर्जा,स्थलगत अध्ययन र गुगल म्यापको अध्ययन गरेर मात्र सिफारीस गरिने व्यवस्थाको समेत ख्याल नभएका व्यक्तिहरुबाट मेरो बदनाम गर्न लागिपरेको हुंदा हल्लामा आए जस्तो कुनै गलत आशयबाट केही नगरिएको भन्दै अफवाहको पछि नलाग्न सांसद लोहनीले आफ्ना मतदाता, शुभचिन्तक, समर्थक, पार्टी पंक्तिलाई समेत आग्रह गर्नु भएको छ । बुढीगण्डकी आयोजना बन्न नदिन विभिन्न भूमिका निर्वाह गरिरहेको समूहले आफ्नो चरित्र हत्या गरेर झुटको खेती गर्न खोजे पनि यथार्थ फरक रहेको र आफ्नो निवेदनका कारण हाल वितरण हुने भनिएको मुआब्जामा ढिलाई भएको भन्ने समाचारलाई पुष्टि गर्ने आधारहरु पेश गर्न सम्वन्धित पक्षलाई सांसद लोहनीले आग्रह गर्नु भएको छ ।