४३ हजार बेरोजगारलाई अल्पकालिन रोजगारी खुल्दै

1476 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । के तपाई बेरोजगार हुनुुहुन्छ ? शिक्षित पनि हुनुहुन्छ, अबसर खोज्दा खोज्दै थाकिसक्नु भएको छ भने अब छिट्टै तपाईका लागि अल्पकालीन रोजगारी प्राप्त हुने भएको छ ।

सरकारले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । विगतमा जनगणनाका लागि शिक्षक परिचालन गर्ने गरेको भएपनि यस पटक बेरोजगार युवालाई प्राथमकिता दिएर जनगणना गर्न लागिएकाले देशभरका शिक्षित वेरोजगार युवा युवती मध्ये निश्चितले रोजगारी पाउने सम्भावना बढेको हो ।

सोही अनुसार राष्ट्रिय जनगणना २०७८ मा बेरोजगार युवालाई परिचालन गरिने तथ्यांक विभागले जनाएको छ । सो राष्ट्रिय अभियानमा कूल ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर परिचालन गरिनेछ ।

यसअघि राष्ट्रिय जनगणनामा शिक्षक परिचालन गर्ने गरिएको थियो । यसपटक भने बेरोजगार युवालाई सो कार्यको जिम्मा दिन लागिएको हो ।रोजगारीको अबरसर खुल्दैमा खुसी हुनुपर्ने अबस्था भने छैन । किनभने अबसरको बितरण गर्दा आवश्यकताको आधारमा होइन जिम्मेवार पदमा रहेकाहरुले पहुंचका आधारमा आंफुनिकटका व्यक्तिलाई पहिलो प्राथमिकता दिने भएकाले जनगणनामा पनि यस्तै नहोला भन्न सकिन्न ।