धादिङमा छुट्टाछुट्टै दुर्घटना परि तीन जनाको मृत्यु

1147 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ९ कात्तिक – धादिङ जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ । शनिवार बिहान जिल्लाको वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ मलेखु स्थित राजमार्ग सामुदायिक अस्पताल अगाडी मिनिट्रकले ठक्कर दिंदा एक जनाको ज्यान गएको छ ।

श्निवार विहान ७ वजे तिर राजमार्ग अस्पताल अगाडी पार्किङ गरेको स्थान बाट मुल सडकमा निकाल्ने क्रममा ना २ ख ५३४२ नम्बरको मिनि ट्रकले ठक्कर दिंदा सडक पेटिमा बसिरहेको अबस्थामा सल्यान लुहाम गाउँपालिकाका ५० बर्षिय जित बहादुर केसी घाईते भएका थिए । घाईते केसीलाई उपचारको लागि गजुरी अस्पताल लानेक्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रुपक खड्काले वताउनुभयो ।
शवलाई गजुरी स्थित प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ । मिनि ट्रकका चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ का २२ बर्षिय सन्तोष चेपाङ र मिनिट्रक इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान कार्य भईरहेको पनि खड्काले जानकारी दिनुभयो


शुक्रवार जिल्लाको धुनिवेसी नगरपालिकाको वडा नम्बर ९ टायलघर स्थित त्रिभुवन राजपथमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
काठमाण्डौंबाट चितवन जांदै गरेको न ७ ख ९३०६ नम्बरको ट्रक र काठमाण्डौंबाट गोरखा जांदै गरेको ना ६५ प २०१३ नम्बरको मोटरसाईकल ठोक्किंदा गोर्खाको धुवांकोट घर भएका ५५ बर्षका हरिप्रसाद मल्लको घटनास्थलमानै ज्यान गएको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ ।

यसै गरि शुक्रवारनै धुनिबेसी नगरपालिकाको वडा नम्बर ७ खानीखोलामा बाटोमा हिंड्दा हिंडदै लडेर एक जनाको ज्यान गएको छ । बारा जिल्लाको नीजगढ नगरपालिका वडा नम्बर १३ घर भई खानीखोलामा मजदुरी गर्दै आईरहेका ५७ बर्षिय सोम चेपाङको मृत्य् भएको र मृत्यु हुनाको कारण भने खुल्न नसकेको पनि प्रहरीले जानकारी दिएको छ ।