थाहा पाई राख्नुस नियमित मेथी खानुको फाईदा

1486 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हाम्रो शरीरमा हुने विभिन्न रोगको औषधि उपचार हामीले जानेका छौँ भने हाम्रै घरमा हुने गर्दछ । घरको भान्साकोठामा रहेका कतिपय वस्तुलको मोश्रण तयार गरेर सेवन गर्नाले हाम्रो शरीरको रोग निको हुन मद्धत पुर्याउछ ।

जसमध्ये मेथी पनि एक यस्तो खाद्य वस्तु हो, जसले शरीरमा लाग्ने विभिन्न किसिमका रोगबाट लड्ने क्षमता दिन्छ । सधैं बिहान मेथीको पानी पिउनाले शरीरमा विभिन्न किसिमका फाइदा पुग्ने गर्दछ । मेथीको दानामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन-सी, नायसिन, पोटासियम र डायोसजेनिन (Protein, Vitamin-C, Niacin, Potassium and Diosgenin) पाइन्छन् भने त्यसलगायत मेथीमा अल्कालोइड्स, लाइसिन (Alkaloids, Lysine) जस्ता स्वास्थ्यवर्दक तत्वहरू पनि पाइन्छन्। यसको सेवनले पेटको समस्यालाई टाढा राख्नुको साथै छाला र कपाललाई पनि फाइदा गर्दछ।

कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधि हो । यतीमात्रै होइन यसले तपाईको कपाल र अनुहारको लागि पनि धेरै फाइदा गर्छ ।एकदिनमा कम्तीमा पनि ५६ ग्राम मेथीको दाना खाने व्यक्तिहरूको कोलेस्ट्रोलको मात्रा २४ हप्तापछि १४ प्रतिशतले घट्दछ, जुन एकदम राम्रो नतिजा हो। त्यसै गरी मेथीको सेवनले हृदयघात हुने सम्भावना पनि २५ प्रतिशतले कम हुने छ।

जोर्नीको दुखाईको लागि पनि मेथीपानी एक अचुक उपचार हो । सामान्यतया दुखाईबाट राहत पाउनको लागि मेथी सेवन गरिन्छ र चिसोमा मेथीको लड्डु बनाएर पनि सेवन गरिन्छ ।

उच्च रक्तचापको समस्या छ भने पनि मेथीपानी तपाईको लागि धेरै नै उपयोगी हुन्छ । यसले रक्तचाप नियन्त्रण गर्छ र यस सम्बन्धी अन्य समस्याहरुको पनि समाधान गर्छ ।

एक गिलास पानीमा एक चम्चा मेथीदाना रातभर भिजाएर राख्नुहोस र विहान उठ्नासाथ खाली पेटमा पिउनुहोस । नियमित यस्तो गर्नाले तपाईको तौल कम हुन्छ र तपाई स्लिम र आकर्षक शरिर बनाउन सक्नुहुनेछ ।

सुगरका बिरामीलाई यो तरिका धेरै प्रभावकारी हुन्छ । सधैं मेथीपानी सेवन गर्नाले सुगरको समस्या छिटै समाधान हुन्छ र रगतमा सुगरको लेभल घट्छ ।  – एजेन्सीको सहयोगमा