बैरेनीमा बस दुर्घटना : एक जनाको मृत्यु १३ जना घाईते

1089 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैरेनी । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनी स्थित पृथ्वी राजमार्गमा आइतबार बिहान ४ः३० बजेको समयमा  काठमाण्डौंतर्फ बाट बाट मुग्लिन तर्फ जांदै गरेको बा २ ख ६२६८ नम्बरको यात्रु बस दुर्घटना हुुंदा एक जनाको मृत्यु र १३ जना घाईते भएका छन ।


सडकमा परेको खाल्डोमा परि बस अनिन्यत्रित भएर सडकमा पल्टिएको प्रहरीले बताएको छ । दुर्घटनामा परि मृत्यु नुवाकोट घर भएकी डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको हो । अन्य घाईतेको भएका १३ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरीले बताएको छ