मुक्तिनाथ बैंकले ल्यायो ‘मुक्तिनाथ संस्थागत उपलब्धि खाता’

975 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ संस्थागत उपलब्धि खाता’ नामक चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धि’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न सरकारी तथा निजी कम्पनीलगायत प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका सम्पूर्ण संघरसंस्थालाई लक्षित गरी उक्त दुई खाता सञ्चालनमा ल्याएको हो ।

मुक्तिनाथ संस्थागत उपलब्धि खाताअन्तर्गत ग्राहकले न्यूनतम मौज्दात १००० रुपैयाँमा कुनै पनि माथि उल्लेखित संघसंस्थाले यो खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघरसंस्थाका सञ्चालक समितिका सदस्यहरू, साझेदार, प्रोइपाइटरहरूका लागि ७ लाखकोे दुर्घटना मृत्यु बिमाको सुविधा प्रदान गरिएको छ ।

मुक्तिनाथ संस्थागत उपलब्धि चल्ती खातामा बिमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर ९मासिक ब्याज भुक्तानी० तथा निःशुल्क इन्टरनेट बैंकिङ सुविधा लिन सकिनेछ । साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धि बचत खाता अन्तर्गत ग्राहकले न्युनतम मौन्दात १०० रुपैयाँमा संस्थाका कर्मचारी तथा व्यक्तिगत सदस्यहरूले खाता खोल्न सक्ने छन् । यस खाता खोलेका व्यक्ति तथा संस्थाका कर्मचारीले ७ लाख रुपैयाँको दुर्घटना मृत्यु बिमाको सुविधा पाउने छन् ।