थोरै असावधानीमै निमोनियाले ज्यानै लिन्छ

1259 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चिसो मौसम सुरु भएको छ । चिसो बढेसँगै वृद्धवृद्धामा निमोनिया संक्रमण बढी हुन्छ । थोरै असावधानी गर्दा निमोनियाले वृद्धवृद्धाको ज्यानै लिने गरेको छ । के हो निमोनिया ? र यसबाट वृद्धवृद्धालाई कसरी जोगाउने भन्ने विषयमा जनरल फिजिसियन डा। त्रिलोकीनाथ गुप्ताको सुझाव यस्तो छ स्— फोक्सोमा विभिन्न संक्रमण भएर लाग्ने रोग नै निमोनिया हो । धेरैको बुझाई छ की निमोनिया चिसोको कारणले मात्रै लाग्छ तर त्यसो होइन् । श्वासप्रश्वासका अंगमा जुनसुकै कारणले संक्रमण भए पनि निमोनिया हुन्छ ।

संसारभर नै निमोनिया मानिसको मृत्युको एक प्रमुख कारण बनिरहेको छ । निमोनिया सबै उमेरका मानिसमा हुन्छ । तर, पनि विशेष गरेर वृद्धवृद्धा, बालबालिका र दीर्घ रोगी वा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा निमोनियाले बढी दुःख दिन्छ ।

यसकारण वृद्धवृद्धामा निमोनिया संक्रमण संक्रमण छिट्टै :

रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु ।
भाइरस संक्रमण ।
खाना खादा सर्केर फोक्सोमा गयो भने पनि निमोनिया हुन सक्छ ।
लामो समय रुघा खोकी लाग्नु ।
निमोनियाका लक्षण स्

छाती दुख्ने ।
श्वास प्रश्वासमा समस्या हुने ।
अत्याधिक ज्वारो आउने ।
खोकी लाग्ने । (पहिलेदेखि नै खोकी लाग्ने समस्या छ भने अझ बढी लाग्ने)
खाना खान मन लगाग्ने ।
खकार आउने ।
खकारमा रगत देखिने ।
यसरी अपनाऔं सावधानी :

स्वभावैले वृद्धवृद्धामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, सरसफाईमा त्यती ध्यान नदिन,अन्य रोगले छिट्टै छुने हुन्छ । यस्तो अवस्थामा स्वमं वृद्धा र उसका सहयोगी नै बढी सचेत हुनुपर्छ ।

वृद्धवृद्धाको लागि निमोनियाविरुद्धको भ्याक्सिन पाइन्छ सो लगाउनु पर्छ ।
चिसोबाट बँच्ने ।
न्यानोको कपडा लगाउनुको साथै चिसो खाना नखाने । ९कपडा लगाउँदा पसिना आउन दिनुहुंदैन
स्वस्थ खाना खाने ।
रुघाखोकी लागेका व्यक्तिको नजिक नजाने ।
रुघाखोकी लामो समय लागे अस्पताल जानुपर्छ ।
धुलो धुँवाबाट बँच्ने ।
दम, सुगर, पे्रसर लगायतका दीर्घ रोगी भए उनीहरुले यस्ता रोगलाई नियन्त्रणमा राख्ने । साथै निमोनियाको भ्याक्सिन लगाउने । निमोनियालाई समयमै उपचार गरिएन भने मृत्यु समेत हुन सक्छ ।

  • हाम्रो डक्टर न्यूजबाट