धादिङका एसपी फेरिए, अब धादिङको प्रहरी प्रमुखमा रविन्द्र रेग्मी

1536 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- प्रहरी प्रधान कार्यालयले धादिङ लगायत चार जिल्लाको प्रहरी नेतृत्व हेरफेर गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार बैदवारलाई महानगरिय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ  सरुवा गरिएको छ भने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत एसपी रबिन्द्र रेग्मीलाई धादिङ प्रहरी प्रमुखमा सरुवा गरिएको छ ।

वैदवारको नेतृत्वमा धादिङ प्रहरीले लामो समय देखि अदालतबाट कैद तथा दण्ड सजायँ तोकिएर पनि फरार रहँदै आएका अभियुक्तहरु पक्राउ अभियाननै सञ्चालन गरिरहेको छ । पछिल्लो केही महिना यता दर्जानौं फरार अभियुक्त पक्राउ परिसकेका छन् ।

त्यस्तै सर्लाहीको प्रहरी प्रमुखमा बिश्वमणी पोखरेललाई सरुवा गरिएको छ भने सर्लाहीका एसपी गोपालचन्द्र भट्टराई प्रहरी प्रधान कार्यालय कानुन शाखामा सरुवा भएका छन् । काभ्रेमा ट्राफिक महाशाखाका एसपी रवि पौडेल सरुवा भएका छन् । काभ्रेका एसपी जयराज सापकोटाको दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखामा कार्यरत एसपी जनार्दन जिसीले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रमुखको जिम्मेवारी पाएका छन् भने स्याङ्जाका एसपी राजकुमार लम्साललाई प्रधानकार्यालयमा सरुवा गरिएको छ ।