सिम सिमे वर्षा भएपछि धादिङमा चिसो बढ्यो

1007 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जाडो मौसममा सिम सिमे वर्षा भएपछि धादिङमा अत्याधिक चिसो बढेको छ । मौसममा आएको परिवर्तन संगै शुक्रवार विहानै देखि जिल्लाको अधिकांश भागमा विहानै देखि वर्षा भएको थियो । वर्षासँगै हिमपातले जाडो निकै बढेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ। वर्षाको कारणले गर्दा विहानै देखि पढ्न जाने जाने विद्यार्थीलाई कठिनाइ भएको थियो ।

आगामी तीन दिन नेपालको हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बर्षा पछि शुक्रवार विहान धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको न्यूनतम तापक्रम ८ डिग्री सेल्सीअस रहेको थियो भने दिउँसो १ वजे १६ डिग्रि पुगेको थियो । हिमपात र वर्षाका कारण चिसो बढ्ने सम्भावना रहेकाले बालबालिका र वृद्धवृद्धालाई रुघाखोकी निमोनिया दमजस्ता रोगबाट बच्न न्यानो कपडासहित तातोमा रहन सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन ।

 

बेमौसमि बर्षाले चिसो बढाएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी,  प्रभावित भएको हो । चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेर घरभित्रै आगो तापेर बसेको वताईएको छ ।  गाई, भेँडा, चौरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि छाडिएको छैन । जिल्लाको उत्तरी भेगका वासिन्दाले भने हिमपातले जनजिवनमा केही कष्ट भएपनि खेतीवालीलाई भने राम्रो हुने वताएका छन । जिल्लाको रुवीभ्याली, गंगाजमुना र खनियावासका उच्च भेगमा हिमपात भएको स्थानीयले वताएका छन् ।