धादिङकी उर्मिला थपलिया नेविसंघको महामन्त्री

4277 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १९ माघ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)को महामन्त्रीमा धादिङकी युवा नेतृ उर्मिला थपलिया नियुक्त भएकि छिन । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार युवा नेतृ थपलियालाई महामन्त्रीमा नियुक्त गरिएको हो ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत माघ १६ गते गठित ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ मा पदाधिकारी थप गरी कार्यसमितिलाई विस्तार गरेका छन् ।

आइतबार देउवाले तदर्थ समितिमा २ जना उपसभापति र ५ जना महामन्त्री थप गरेका हुन् । जस अनुसार झापाकी तुलसा पन्त र रुपन्देहीका मुक्तिराज पौडेलले उपसभापतिको जिम्मेदवारी पाएका छन् ।

यस्तै धादिङकी उर्मिला थपलिया,तनहुँका दिपक भट्टराई ,मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमल्सीना र स्याङ्जाका युवराज पाण्डेले महामन्त्रीको जिम्मेवारी पाएका छन्। तदर्थ समितिको अध्यक्षको जिम्मेवारी देउवाले यसअघि नै सुनसरीका राजीव ढुंगानालाई दिएका थिए । सोही बेला देउवाले काठमाडौँका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई महामन्त्री बनाएका थिए ।

थपलिया विघटित कार्य समितिमा छात्रा तर्फबाट  उपाध्यक्षमा निर्वाचित भएकी थिईन । उनले  कृष्णकुमारी बस्नेतलाई हराउदै विजयी हाँसिल गरेकी थिईन। उनी नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डाक्टर शसांक कोईराला निकट मानिन्छिन ।

नीलकण्ठ माविबाट नेपाल विद्यार्थी संघको राजनीति शुरु गरेकी थपलिया पार्टीभित्र समेत महासमिति सदस्य भएकी थिइन । उनले यसअघि जिल्ला कोषाध्यक्ष, जिल्ला सचिव, स्ववियू सचिव, पार्टीका अन्य बिभिन्न जिम्मेवारी निर्वाह गरिसकेकी छिन् ।

नेविसंघको तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने काँग्रेसले जनाएको छ ।