आज बजार बन्द छ

604 पटक पढिएको

सम्पादक: Dhadingnews.com

हरि खनाल

रिस गरेर पाइन्न, हाम्रो पेसा अपार छ ।
स्वतन्त्रता यही प्यारो, हाम्रो हात्मा बेपार छ ।।
युग हो लुटने हाम्रो , हेर व्यापार मन्द छ ।
अनुगमन चाहिन्न, आज बजार बन्द छ  ।।१।।

चाहिने सुविधा माग, आऊ सुटुक्क पाउला ।
नहेर तौलने भा“डो , स“गै बसेर खाउ“ला ।।
सुन पसलमा छापा, मार्नु मैं पनि  गन्ध छ ।
ठग्ने नै हक हो हाम्रो, आज बजार बन्द छ ।।२।।

म्याद नाघे नि के भो त, सोझा ग्राहक पर्दछन् ।
छिन मै चढने भाऊ, नबोली जन तिर्दछन् ।।
रातसा“झ अभैm प्यारो, लुट खसोट छन्द छ ।
जोरी नखोज सर्कार, आज बजार बन्द छ ।।३।।

२०७० बैशाख २०