कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार भन्दा बढि

422 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं,  ३० फागुन – संसारभर कोरोना भाइरसबाट मर्नेको संख्या ५ हजार नाघेको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ।

हालसम्म भाइरसबाट ५ हजार ६५ जनाको ज्यान गएको छ भने १ लाख ३६ हजार ९ सय २९ संक्रमित भएका छन्।

उपचारपछि निको हुनेको संख्या ६९ हजार ६ सय २३ छ।

सबैभन्दा बढी चीनको हुबेई प्रान्तका मानिसको मृत्यु भएको छ। चीनपछि इटलीमा १ हजार १६ र इरानमा ५ सय १४ जनाले ज्यान गुमाएका छन्। एजेन्सी