धादिङका हिमेश पन्त बने पहिलो कमेडी च्याम्पियन

1900 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्र्डौं । नेपालमा पहिलो पटक सञ्चालन भएको कमेडीको रियालिटी सो ‘कमेडी च्याम्पियन’ को च्यापियन बन्न धादिङका हिमेश पन्त  सफल भएका छन् । शनिबार साँझ काठमाण्डौंमा सकिएको फाइनलमा सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पर्दै दर्शकको मतका आधारमा हिमेश पन्त कमेडी च्याम्पियन बन्न सफल भएका हुन् ।

थ्रि पोडक्सनको प्रस्तुती रहेको च्यापियनमा विजेताले विजेताले २५ लाख नगद र कार प्राप्त गरेका छन् । विजेतालाई बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, दिनेश डिसीले लगायतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमको निर्णायकमा बरिष्ठ हास्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, कलाकार रिचा शर्मा र निर्देशक प्रदिप भट्टराई रहेका थिए । केकी अधिकारी, राज घिमिरे र सृजा थपलिया निर्माता रहेको कार्यक्रमको निर्देशक बिशाल भण्डारी रहेका थिए । अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट छनौट हुँदै उत्कृष्ट ३ छानिएको थियो ।

धादिङका हिमेश कमेडी च्याम्पियनमा लजिकल कमेडियनका रुपमा चर्चित भएका थिए । यस्तै खबपुले अर्गानिक कमेडियन तथा सुमनले दलेदाइको परिचय बनाएका थिए ।