आज देखि घरबाहिर निस्किए १ महिना कैद हुने

767 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । सरकारले सोमबार साँझ कोरोना संक्रमण रोकथामका लागि आजदेखि ७ दिने लकडाउनको निर्णय गरेको छ ।

देशैभर हुने लकडाउनमा सर्वसाधारणहरुलाई घरबाहिर ननिस्किन समेत सरकारले आदेश जारी गरेको छ ।

यो आदेश नमान्ने तथा काममा बाधा पुर्याउने व्यक्तिउपर संक्रामक रोग ऐन २०२० मा भएको व्यवस्था बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

यसको अर्थ कोही भोलिदेखि स्थानीय प्रशासनको अनुमतिबिना बाहिरि निस्कियो भने, पासबिनाको सवारी चलायो भने उसलाई प्रशासनले १ महिनासम्म कैद गर्न सक्नेछ भने रु। १०० सम्म जरीवाना वा दुवै सजाय हुन सक्नेछ ।

यस्तै, यही ऐन अन्तर्गत अधिकृत व्यक्तिहरुलाई काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा रु। ६०० सम्म जरीवाना वा दुवै सजाय हुनसक्नेछ ।

संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा १ र २ मा सजाय सम्बन्धी यस्तो व्यवस्था उल्लेख गरिएको छ ।

यो ऐन अन्तर्गत भए गरेको कसूरमा कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने समेत व्यवस्था रहेको छ ।