कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने उपाय

590 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौंः सामान्य अवस्थामा हुने फ्लू वा इन्फेक्शनका संक्रमित ब्यक्ति केही दिनभित्रै निको हुने गर्दछन् ।

यदि केहि दिनभित्रै निको नभए पनि यसले कुनै गम्भीर अवस्था निम्त्याउदैन । तर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण निको हुने त परको कुरा समयमा अस्पतालमा उपचार गराउन सकिए भने ज्यान समेत जाने गर्दछ ।

त्यसैले कोरोना भाइरसबाट बच्ने सबैभन्दा सरल उपाय भनेको यसको संक्रमण हुनबाट बच्नु नै हो ।

चिकित्सकको सुझाव अनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न निम्न कुरामा ध्यान दिनुपर्दछ ।

१ ) कोरोना भाइरसबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्दछ ।


२ ) कुनै पनि सामग्रीको प्रयोग गरीसकेपछि १ मिनेट नबित्दै राम्ररी हात धुनुपर्दछ ।

३ ) संक्रमित वा शंकास्पद संक्रमित ब्यक्तिको सम्पर्कबाट टाढा रहनुपर्दछ ।

४) रुघाखोकी लागेका ब्यक्तिको नजिक वा सामुन्नेमा बस्नु हुदैन ।

५) काम नभइ घरबाहिर रहने वा घुमघाम बन्द गर्नुपर्दछ ।

६ )अनावश्यक रुपमा आँखा, मुख तथा नाकमा बारम्बार छोइरहनु हुदैन ।

७) बारम्बार साबुन पानी वा सैनिटाइजरबाट हात सफा राख्नु पर्दछ ।

८) भीडभाडमा नजाने

९) धेरै प्रयोग गरीने सामग्रीहरु जस्तै फोन, कलम लगायतका सफाईमा ध्यान दिनु पर्दछ।

१०) मुखलाई नछोपी खोक्ने वा हाच्छ्यु गर्न हुदैन ।

११) खोक्दा वा हाच्छ्यु गर्दा पाखुराले छोप्ने वा टिस्यु पेपरको प्रयोग गर्नुहोस् ।

१२) काँचो, साधेको वा आधा पाकेको माछामासु वा अण्डा खान बन्द गर्नुहोस् ।

१३ )यदि ज्वरो, खोकी वा स्वास लिन ग्राहो भएको छ भने तत्काल अस्पताल जानु पर्दछ ।

१४) पछिल्लो १४ दिनअघि कुनै शंकास्पद ब्यक्तिको संसर्गमा आएको भए तत्काल अस्पताल गई कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गर्नुपर्छ ।

१५) यसका अलावा यदि आफुलाई कोरोनाको संक्रमण छ वा शंका मात्र छ भने पनि अन्य ब्यक्तिको सम्पर्कमा रहनु हुदैन ।