दुबईबाट आएका धादिङका युवा कोरोना संक्रमित

568 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं –नेपालमा कोरोना भाइरसको तेश्रो संक्रमित भेटिएका छन् । कोभिड–१९ को संक्रमण भएका ति युवक दुबईबाट नेपाल आएको खुलेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका अनुसार चैत ६ गते दुबईबाट नेपाल आएका धादिङका ३२ वर्षीय युवकलाई कोरोना भाइरस भएको पुष्टि भएको हो ।

बैदेशिक रोजगारीको क्रममा दुबईमा काम गर्ने उनी सारजाह विमानस्थलबाट आएपछि ती युवक काठमाडौंस्थित होटेलमा बसेको खुलेको छ । ती युवकलाई मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणका क्रममा कोरोना पुष्टि भएको मन्त्री ढकालले जानकारी दिनुभयो ।

संक्रमित भएका युवकसँग भेटेका र सम्पर्कमा पुगेका उनका साथी र अन्य मानिसलाई सम्पर्कमा आउन सरकारले अपिल गरेको छ । दुबईबाट आउँदाका उनका साथीहरुकाबारे पनि जानकारी लिन थालिएको र चाँडो भन्दा चाँडो सबैको विवरण लिएर सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी भईरहेको मन्त्री ढकालले जानकारी दिनु भयो ।

कोरोना संक्रमित व्यक्ति सवार जहाजमा नेपाल आएकाहरूलाई अपिल गर्दै स्वास्थ्यमन्त्री ढकालले भन्नु भयो तुरुन्त सम्पर्कमा आउनुस, तपाईंहरुका कारण जोखिम बढ्यो, समाज भयभीत भयो ।

बिरामी भएर स्वास्थ्य परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका धादिङका ३२ बर्षिय युवाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पनि मन्त्री ढकालले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका अनुसार एयर अरेबियामा कोरोना भाइरस (कोभिड–१९) का तेस्रो संक्रमित धादिङ घर भएका ती युवक सारजाह एयरपोर्ट हुँदै एयर अरेबियाको उडानबाट काठमाडौं आएका थिए। उनी मार्च १९ तारिख चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी९५३७ बाट राति १० बजेर ९ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । उनको अहिले टेकु अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ। कोरोनाका शंकास्पद बिरामीको टेकु र पाटन अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिँदैछ। सरकारले यसअघि नै भारतसहित अन्य देशबाट आएका सबैले अनिवार्य क्‍वारेन्टाइनमा बस्नै पर्ने प्रावधान गरेको छ। विदेशबाट आएका धेरै नेपाली क्वारेन्टाइनमा नबसिदिँदा कोरोनाको जोखिम बढ्दै गएको छ। नेपालमा कोरोनाका पहिलो बिरामी चीनबाट आएका थिए। उनी उपचारपछि ठीक भइसकेका छन्। दोस्रो बिरामी फ्रान्सबाट आएकी थिइन्। चैत ४ गते काठमाडौं आएकी उनको अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ। यसअघि फ्रान्सबाट आएकी एक युवतीसँगै चैत ४ मा आएका १५८ यात्रुको पनि सरकारले खोजी गरिरहेको छ। एयर अरेबियाको एयरवेजको जहाजमा आएकामध्ये १२५ जनालाई पत्ता लगाइसकेको प्रहरी प्रवक्ता एआईजी शैलेश थापाले बताएका छन्। अन्य ३३ जनाको खोजी भइरहेको उनले जानकारी दिए।

  • थाहा खबरबाट