कोरोनाभाइरस के हो ? कसरी बच्ने ?

1372 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भाइरसबारे के जानकारी उपलब्ध छ ?

कोभिड १९ भाइरस कोरोनाभाइरस परिवारको सदस्य हो। यो भाइरस पोहोर वर्षको अन्त्यतिर पशुबाट मानिसमा सर्यो। पहिले संक्रमितमध्ये धेरैजसो कि त चीनको उहानस्थित सिफुडको थोक बजारमा काम गर्थे वा त्यहाँ बारम्बार किनमेल गर्थे। एउटा प्रजातिदेखि अर्कोमा सरेको भाइरस मानिसमा निकै प्रभावकारी देखिएको छ। रोकथामका बलियो उपाय नभए औसत रूपमा कोभिड १९ का संक्रमितले दुई जनालाई भाइरस सार्ने देखिएको छ। भाइरसबाट हुने मृत्यु दर पनि मौसमी रूघाखोकीजस्ता सामान्य रोगभन्दा उच्च देखिएको छ। कोरोनाभाइरसको फैलिने र गम्भीर रोग लगाउने क्षमताका कारण संयुक्त अधिराज्य लगायत धेरै देशले महामारीको प्रभाव नियन्त्रण र सिमीत राख्ने सार्वजनिक स्वास्थ्यका वृहत उपाय ल्यान वा योजना बनाउन बाध्य बनाएको छ।

 

आफू र अरूलाई संक्रमणबाट कसरी बचाउने ?

कम्तिमा २० सेकेन्डसम्म साबुन र पानीले हात राम्री धुनुपर्छ। घरमा होस् वा काममा हात बारम्बार धुनुपर्छ। साबनुपानी उपब्ध नभए ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न सकिन्छ। अनुहार छुनबाट टाढै रहनुहोस्। रूमाल वा टिस्युले नाक मुख छोपेर हाँछ्यु गर्नुहोस्। दुवै नभए कुहिनाले पनि छोप्न सकिन्छ। प्रयोग गरिएका टिस्यु सुरक्षित व्यवस्थापन गर्नुहोस्। सम्भावित लक्षण देखिएका व्यक्तिबाट टाढै रहनुहोस्। “सेल्फ आइसोलेसन” र यात्राबारे सम्बन्धित स्वास्थ्य निकायको निर्देशन पालन गर्नुहोस्।

फ्लु र कोभिड १९ कसरी छुट्याउने ?

फ्लुको मौसम चलिरहेको बेला कोरोनाभाइरसको महामारी उत्तरी गोलाद्र्धमा फैलियो। डाक्टरहरूलाई पनि रोग छुट्याउन कठिनाइ हुनेगर्छ। रोगका लक्षण उस्तै भएकाले इटालीजस्ता केहि देशमा सामुदायिक संक्रमणको पहिचान ढिला भएको हुनसक्छ।

धेरै ज्वरो आउनु, घाँटी दुख्नु, मांशपेसी दुख्नु, टाउको दुख्नु, आङ जिरिङ हुनु वा काम्नु, नाकबाट सिङ्गान बग्नु, थकान, बान्ता र पखाला लाग्नु फ्लुका लक्षण हुन्। कोभिड १९ को लक्षण र गम्भीरताबारे डाक्टरहरू अझै बुझ्न खोजिरहेका छन्। अस्पतालन भर्ना भएका बिरामीको अध्ययन गर्दा प्रायस् सबैलाई ज्वारो र सुख्खा खोकी लागेको र धेरैलाई थकान र मांशपेसी दुखेको पाइएको थियो। कोरोनाभाइरसका बिरामीलाई निमोनिया ९फोक्सोको संक्रमण० पनि हुने देखिएको छ। गम्भीर नभए पनि यसले सास फेर्न कठिनाइ हुनसक्छ। नाकबाट सिङ्गान बग्नु र घाँटी दुख्नेजस्ता लक्षण ५ प्रतिशत बिरामीलाई मात्रै भएको छ। कोभिड १९ भए नभएको पत्ता लगाउन स्वास्थ्य परीक्षण नै गराउनुपर्छ।

लक्षण देखिएमा के गर्ने ?

संयुक्त अधिराज्यमा लगातार खोकी लागे वा धेरै ज्वरो आएका व्यक्तिले १४ दिनसम्म अन्य व्यक्तिबाट टाढा घरमै बस्नुपर्ने स्वास्थ्यकर्मीले सल्लाह दिएका छन्। विदेश यात्रामा नगएका व्यक्ति लगायत सबैलाई यो नियम लागु हुन्छ। उनीहरूलाई कोरोनाभाइरसबारे थप जानकारीका लागि एनएचएस १११ वेबसाइट हेर्न अनुरोध गरिएको छ। स्वास्थ्य अझ गम्भीर भए वा सात दिनभन्दा लामो समयसम्म लक्षण देखा परे, उनीहरूले एनएचएस १११ मा सम्पर्क गर्नुपर्ने हुन्छ। अस्पताल नगएसम्म भाइरसको परीक्षण हुने छैन।

कोरोनाभाइरसबाट संक्रमित भए कति सिकिस्त बिरामी भइएला ?

चीनमा गरिएको एउटा ठूलो अध्ययन अनुसार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका ८० प्रतिशतलाई सामान्य लक्षण देखा परेको अर्थात् फोक्सोमा उल्लेखनीय संक्रमण नभएको देखिएको छ। करिब १५ प्रतिशतमा गम्भीर लक्षण देखा परेको छ। उनीहरूलाई सास फेर्न गाह्रो हुने, न्युन ब्लड अक्सिजन वा फोक्सोसम्बन्धी अन्य लक्षण देखिएको छ। ५ प्रतिशतभन्दा थोरै बिरामीको अवस्था चिन्ताजनक देखियो। उनीहरू सास फेर्न नसक्ने, सेप्टिक शक वा अंगहरूमा समस्या देखियो। यद्यपि, सामान्य लक्षण भएका धेरै बिरामीको परीक्षण भएको छैद्द। त्यसैले परीक्षणले व्यापकता पाउँदै गएपछि यो गम्भीरताको भिन्नता समयसँगै परिवर्तन हुनसक्छ। पाका, श्वासप्रश्वासको समस्या, मुटुरोग वा मधुमेहका बिरामी बढि जोखिममा छन्।

नयाँ कोरोनाभाइरसको मृत्यु दर के कस्तो छ ?

एक प्रतिशतजति वा कम छ। मृत्युद र योभन्दा धेरै भएको हल्ला उडिरहेको। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा। टेड्रोस एडानोम घेब्रयसुसले ३.४ प्रतिशत भएको बताएका थिए। कतिपय सामान्य घटना अस्पतालसम्म पुग्दैनन र गणना हुँदैनन्। यसले पनि मृत्यु दर उल्लेखनीय रूपमा घटाउँछ।

पाका उमेरका व्यक्तिको मृत्यु दर उच्च् छ। युवामा एकदमै कम देखिएको छ। तर बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मी बढि जोखिममा हुने मानिन्छ। तर ८० वर्षभन्दा माथिका ९० प्रतिशत व्यक्ति पनि निको हुन्छन्।

सार्वजनिक यातायातबाट संक्रमण हुनसक्छ ?

अधिकांश संक्रमण परिवारमा हुन्छ। नजिक हुने भएकाले यस्तो भएको हो। संक्रमितको एक वा दुई मिटर नजिक भए जोखिम बढि हुन्छ। उनीहरूले खोक्दा वा बोल्दा उछिट्टिने तरल पदार्थका थोपामा भाइरस हुनसक्छ। सार्वजनिक यातायातमा यसको सम्भावना कम हुन्छ। तर संक्रमित व्यक्तिले छोएको सतहबाट भाइरस शरिरमा प्रवेश गर्नसक्छ। कडा सतहमा ती भाइरस ४८ देखि ७२ घण्टासम्म बाँच्नसक्छन्। नरम सतहमा अलि कम समय बाँच्छन्। त्यसैले नियमित र बारम्बार हात हुने, अनुहार नछुने, नाक, मुख वा आँखाबाट भाइरसको प्रवेश रोक्न सल्लाह दिइएको हो।

कोभिड १९ को उपचार छ ?

अहिलेसम्म छैन। तर चीनमा केहि परीक्षण भइरहेका छन्। अमेरिका र अन्य देशमा पनि परीक्षण भइरहेको छ। परीक्षणको पहिलो नतिजा मार्चको मध्यतिर आउने अपेक्षा गरिएको छ।

– दि गार्डियन / र काठमाण्डु प्रेसबाट