धादिङको ईट्टाभट्टामा अलपत्र ३४ मजदूरको पूर्व मन्त्री बाँस्कोटाको पहलमा उद्धार

2126 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– लकडाउन पछि धादिङको ईटाभट्टामा अलपत्र परेका पाँचखालका ३४ मजदूरको पूर्व सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको पहलमा उद्दार गरिएको छ ।

पाँचखाल नगरपालिका वडा नं २ का ३४ मजदूरहरु कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारले लकडाउन गरेसँगै धादिङको धुनिबेसी र थांक्रेका इट्टाभट्टामा अलपत्र परेका थिए ।

ईटाभट्टामा मजदुरहरु भोकभोकै, अलपत्र परेको खबर थाहा पाउने बित्तिकै पूर्वमन्त्री बाँस्कोटाको पहलमा तत्काल स्वास्थयकर्मी लगेर ज्वरो चेकजाँच गरी काभ्रे पठाइएको हो ।

मजदुरहरुलाई आफ्नो गाउँ पाँचखाल पुगेपछि घरमै बस्ने र दुई हप्ता क्वारेन्टाइनमै बस्ने सर्तमा स्वास्थ्य चेक जाँच गरी ल्याइएको वडा अध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो । स्वास्थ्य चेकजाँच गर्दा तत्काल केही समस्या नदेखिएपछि मजदुरहरुलाई ल्याइएको खतिवडाले बताउनुभयो ।

महामारीको समयमा सरकारले समूहमा नबस्न अनुरोध गरेपनि मजदुरहरु असुरक्षित तरिकाले बस्न बाध्य थिए । पूर्वमन्त्री बाँस्कोटाको पहलमा आफूहरुको उद्दार भएको भन्दै मजदुरहरु हर्षित देखिन्थे ।