कोरोना भाइरस उपचारका लागि  देशभरका १११ अस्पताल छानिए 

1429 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, १ बैशाख  । सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि देशभरका १११ वटा सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज तथा जनस्वास्थ्य अस्पतालहरुको सूची सार्वजनिक गरेको छ । जसमा २५ वटा हब अस्पताल तोकिएका छन् भने ६४ वटा प्रादेशिक अस्पताल र बाँकी ज्वरो क्लिनिक सञ्चालन अस्पतालका रूपमा काम गर्नेछन् ।

कोभिड १९ महामारीको सन्दर्भमा सरकारले सोमबार कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिक जारी गरेको छ । कोरोना संक्रमणबाहेक अन्य विरामीको उपचारमा लापरवाही र कमजोरी हुन नदिन अस्पतालहरुका लागि निर्देशिका जारी गरिएको हो ।