सडकमा अलपत्र नागरिकलाई घर पठाउन सरकारलाई सर्वोच्चको आदेश

1161 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – सर्वोच्च अदालतले आफ्नो गन्तव्यमा जाने क्रममा अलपत्र परेका लकडाउनमा परेर पैदलै गएका नागरिकलाई तत्काल उनीहरुको घर पुर्‍याउन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश डा.आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले उनीहरुलाई घरसम्म पुग्ने सवारीसाधनको बन्दोबस्त गर्न पनि सरकारलाई आदेश दिएको हो।

अधिवक्ता प्रकाशमणी शर्मा, दिनेश त्रिपाठी र खगेन्द्र सुवेदीले चैत ३० गते बाटोमा अलपत्र परेका नागरिकलाई उद्धार गरेर र काठमाडौंबाट घर जान इच्छुक व्यक्तिलाई सहज ढंगले घर सम्म पुर्‍याउन माग गर्दै सरकारको नाममा रिट दायर गरेका थिए। रिटउपर १ गते बहस भएको अधिवक्ता शर्माले जानकारी दिए। पुनः छलफलका लागि शुक्रबार बोलाएर रिटउपर निर्णय भएको उनले बताए। बाटोमा गइरहेका नागरिकहरुलाई कुनै पनि अवरोध नगर्न पनि आदेश निर्णय भएको छ ।

  • थाहाखबरबाट