चट्याङले करेन्ट सर्ट हुंदा दुईको मृत्यु, सात जना घाईते

2408 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ८ बैशाख – धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ३ मा करेण्ट लागेर दुई जनाको ज्यान गएको छ । सात जना घाईते भएका छन, घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।

सोमबार सांझ ६.३० वजे तिर थांक्रे गाउँपालिकाको वडा नम्बर ३ वालुवाखर्कमा रहेको बिद्युत्त ट्रान्सफर्मर चटयाङ लागेर पडकिएपछि त्यहाँबाट बितरित बिद्युत्त लाइनमा हाईभोल्टेज भएर करेन्ट प्रवाह अनियन्त्रित हुंदा लेकमल्डुङ र बेसी मल्डुङ गाउँमा घर घरमा करेन्ट सर्ट हुन पुगेको हो ।

थांक्रे गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष अमित घलेका अनुसार करेन्ट लागेर घाईते भएका बेसी मल्डुङका ५० बर्षिय सानुमान तामाङ र २४ बर्षिय सागर अर्याललाई उपचारका लागि लैजाँदै गर्दा बाटोर्म उनिहरुको मृत्यु भएको हो भने सोही ठाउँका रुपक अर्याल गम्भिर घाईते भएर उपचारका लागि काठमाण्डौंको पठाईएको छ । घाईते भएका लेक मल्डुङका अन्य ४ जना महिला र २ जना पुरुषको भुमेस्थान स्वास्थ्य चौकी अमर्खुमा उपचार भईरहेको छ ।

घरभित्र जतातातै करेन्ट लाग्न थालेपछि विजुलीको स्विच अफगर्न चार्जमा रहेको मोवाईल झिक्न खोज्दा र करेन्ट लागेको अर्काे व्यक्तिलाई तान्न खोज्दा दुर्घटना भएको गाउँलेहरुले बताएका छन । रातीको समय भएकाले गाउँको सबै घरमा पुगेर विरामी भए नभएको खोजी गर्ने कार्य भईरहेको वडा स्थानीय कान्छा शाहीले वताउनु भयो । यस क्षेत्रमा केही बर्ष अघि पनि लघु जलबिद्युत्त गृहमा चट्याङ पर्दा मानविय क्षती भएको थियो ।