धादिङ नेत्रावती डबजङका यु्वाले जिते कोरोनालाई

1044 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत धादिङ नेत्रावती डजजोङका एक युवा कोरोना संक्रमण पछि निको भएका छन् ।

उनलाई स्थानीय सरकारको समन्वयमा डिस्चार्ज गर्ने तयारी भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा सागरराज भण्डारीले बताउनुभयो ।

उपचारपछि उहाँ निको हुनु भएको छ। ‘उहाँको पछिल्लो प्रयोगशाला परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको छैन’, डाक्टर राजभण्डारीले भन्नुभयो , ‘हामीले उहाँलाई डिस्चार्ज गर्ने तयारी गरेका छौं। तर हामी उहाँलाई धादिङको स्थानीय तहसँगको सम्पर्क र समन्वयपछि मात्र डिस्चार्ज गर्ने छौं।’

यसअघि त्यही अस्पतालमा उपचाररत काठमाडौंकै १९ वर्षीया युवती कोरोना संक्रमण निको भएर आइतबार मात्रै घर फर्किसकेकी छन्।  अहिले टेकु अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका बिरामीमा धादिङका ३२ वर्षीय युवक मात्रै बाँकी छन्। उनमा रोगका सबै लक्षण हटिसकेर पछिल्लो रिपोर्ट‍ नेगेटिभ आएपछि घर पठाउन लागिएको हो।  यससँगै नेपालमा कोरोना लागेर निको हुनेको संख्या ६ पुगेको छ। अहिले ३६ जना कोरोना संक्रमित विभिन्‍न अस्पतालमा उपचाररत छन्। सबैभन्दा धेरै २४ जना उदयपुरका संक्रमित विराटनगर र धरानको अस्पतालमा उपचाररत छन्।

उनी चैत ६ गते (मार्च १९) मा युएईको सारजाँहबाट  एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाटउडानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। चैत ६ गते नेपालमा आए पनि १० गते मात्र टेकु अस्पताल पुगेका थिए। अस्पताल पुगेका उनको नमुना परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको हो।ती युवालाई चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

तर, उक्त अवधिमा उनी धादिङ घरमा भने गएका थिएनन्। उनीसहित नेपालमा कोरोना निको हुनेको संख्या ६ पुगेको छ।

टेकु अस्पतालबाट नै यसअघि दुई जना निको भएर घर गइसकेका छन् ।

धननगढीस्थित सेती अस्पतालबाट दुई जना र बाग्लुङस्थित धौलागिरी अस्पतालबाट एक जना डिसचार्ज भइसकेका छन्। नेपालमा हालसम्म ४२ जनामा कोरोना देखिएको छ।