नेपालमा संक्रमितको सङ्ख्या ४७ पुग्यो

813 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-नेपालमा थप दुईजनामा कारोना संक्रमण भेटिएको छ । बिहीवार उदयपुरमा एक महिला र जनकपुरमा एक पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेसंगै अब नेपालमा संक्रमितको सङ्ख्या ४७ पुगेको छ ।

बिहिबार भेटिएका दुईनजना संक्रमितमध्ये उदयपुरमा भेटिएकी महिला ५५ वर्षिया हुन भने । जनकपुरमा भेटिएका १४ वर्षिय किशोर हुन । यस्तै विहिबार बैशाख १ गतेदेखी पाटन अस्पतालमा उपचार गराईरहेका दुईजना संक्रमित समेत निको भएर घर फर्केका छन । उनिहरु निको भएर घर फर्किएपछि अब काठमाण्डौ उपत्यकामा नयाँ कोरोना संक्रमित भेटिएको छैनन् । यर्सै गरि नेपालमा चौथो संक्रमित भेटिएकी बाग्लुृङकी १९ वर्षिया अंशु सापकोटाको पनि ५औ रिपोर्ट नेगेटिभ आएको छ ।