लकडाउन बैशाख २५ गते सम्मका लागि थपियो

1070 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं – गएको चैत ११ गते देखि शुरु भएको लकडाउन बैशाख २५ गते सम्मका लागि थप भएको छ । सरकारले लकडाउन थप १० दिन बढाउने निर्णय लिएको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थप १० दिन लकडाउन बढाउने निर्णय लिएको हो । यसअनुसार आगामी २५ वैशाखसम्म लकडाउन कायम रहनेछ ।

सरकारले पहिलो पटक १८ चैतसम्मका लागि लकडाउनको मिति तय गरे पनि निरन्तर बढाउँदै गएको छ । ९ वैशाखदेखि सुरु भएको लकडाउन बढाएर २५ वैशाखसम्म पुर्‍याइएको हो ।

शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले १ देखि २ सातासम्म बढाउनका लागि सिफारिस गरेको थियो । त्यसैका आधारमा २५ वैशाखसम्म लकडाउन बढाउने निर्णय गरिएको हो । सरकारले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान पनि २ जेठसम्म रोक्ने निर्णय लिएको छ ।