अझै केही दिन चट्याङसहित पानी पर्ने

1309 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – केही दिन यता मौसममा निकै बदली हुनेक्रम बढ्दै गएको छ । छिनमै बर्षा हुने, छिनमै घाम चर्कने भईरहेको छ । अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले दावी गरेका छन् ।

पूर्वमा बनेको न्यूनचापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले अझै केही दिन देशभरकै मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसको प्रभावले आज पश्चिमका धेरै तथा मध्ये र पूर्वका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना पानी पर्नेछ । पुराना प्रणाली कमजोर भएपनि नयाँ प्रणाली सक्रिय हुने देखिएकाले अझै केही दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने क्रम चलिरहने उहाँले बताउनुभयो ।

गएको २४ घण्टामा काठमाण्डौ मा २ दशमलव ६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सांकेतिक तस्बिर गुगलबाट