मास्क नलगाई सडकमा निस्किए पाँच हजार जरीवाना

1338 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट अहिले विश्वनै आतंकित बन्न पुगेको छ । कारोनाको कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ भने विरामी हुनेको संख्यामा पनि निकै बढिरहेको छ । त्यसो त उपचार पछि निको भएर घर फर्कनेको संख्या पनि धेरैनै पुगिसकेको भएपनि थप मानिसमा कोरोना संक्रमण फैलन नदिन नेपाल लगायत विश्वका धेरै देशमा अहिले लकडाउन लागू गरिएको छ ।

लकडाउनलाई व्यवस्थित बनाउन सरकारले प्रहरी, प्रशासनलाई कडाईका साथ सडकमा उतारेपनि मानिसहरुको भिडभाड अझै कम हुन सकेको छैन । सडकमा निस्किएर निर्वाध रुपमा हिंडडुल गर्नेहरुको संख्या मात्रै बढेको छैन, मास्क नलगाई हिड्नेहरुको कारण संक्रमणको त्रास बढ्दै गईरहेको छ ।

लकडाउनको अवज्ञा गरेर जतिखेर पनि सामान्य सुरक्षा सर्तकता नअपनाई  मास्क नलगाई सडकमा जथाभावी हिंडडुल गर्दा  अब ठाँउका ठाउँ पाँच हजार जरिवाना लगाईने भएको छ ।

लकडाउनलाई व्यवस्थित गर्न लगाईएको यो जरिवाना नेपालमा भने होइन । भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको हो ।

केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएको हो । केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने जानकारी दिएको हो । त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिक मात्र नभएर त्यहाँका पसले तथा सबै नागरिकलाई जरीवाना दिने बताइएको छ ।

पसलमा आउने सबै ग्राहकलाई पनि स्यानिटाइजर उपलब्ध गराउनुपर्ने तथा दुरी कायम गरेर पसल सञ्चालन गर्नुपर्ने नियम पनि बनाइएको केरला प्रहरीले जनाएको छ ।

केही दिनयतादेखि भारतमा पनि कोरोना भाइरसका विरामीहरुको संख्या बढ्दै गएपछि यहाँका विभिन्न राज्यले रोकथामका उपायहरु कडा पारेका छन् । यसैअनुरुप केरला प्रहरीले पनि यस्तो प्रावधान ल्याएको भारतीय समाचार एजेन्सीहरुले बताएका छन् ।