मंगलबार एकै दिन ८३ जना नयाँ संक्रमित थपिए – नेपालमा कोरोना संक्रमित संख्या २१७ पुग्यो

1497 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । एकै दिन ८३ जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा पनि कोरोनाको जोखिम निकै बढेको संकेत देखाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस ( कोविद१९ ) बाट यति वेला विश्व आतंकित हुन पुगेको छ । नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

मंगलबार राति थप ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौंमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार राती थपिएका ९ जना समेत गरि कोरोना संक्रमितको संख्या नेपालमा २ सय १७ पुगेको छ ।मंगलबार सांझ सम्म ५७ जनामा भेटिएकोमा राती अबेर थप २६ जनामा कोरोना पुष्टि भएपछि राजधानी काठमाण्डौं र देशका विभिन्न जिल्लामा सुरक्षामा कडाई शुरु भएको छ ।
गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानपाउने गरी जारी गरिएको सबै पास खारेज भएको घोषणा गरिसकेको छ ।

 

थप संक्रमित देखिएकाहरुमा पर्सा जिल्लामा ६ महिला र १२ पुरूष रहेका छन् । त्यस्तै, महोत्तरीमा २ जना पुरूष, धनुषामा एक महिला र एक पुरूष रहेको विज्ञप्तिमा जनाइएको छ ।

राति १० बजेर १५ मिनेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार काठमाडौंका एक पुरूष र भक्तपुरका एक महिला र एक पुरूष गरी तीन जनामा पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमित देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू चिकत्सकको सम्पर्कमा रहेको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

यता २ नम्बर प्रदेशका विभिन्न जिल्लामा संक्रमतिहरु धमाधम बढ्न थालेपछि वागमती प्रदेशले तत्कालका लागि २ नम्बर प्रदेश संग सम्पर्क विच्छेद गर्ने घोषणा गरेको छ ।