कोरोना संक्रमितको संख्या २४९ पुग्यो

948 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं- नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौं, धादिङ र धनुषाका १÷१ जनामा कोरोना संक्रमण देखिएको विहिवार साँझ ८.३० वजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी बिज्ञप्तिमा जनाईएको छ । यो सहित नेपालमा संक्रमितको संख्या अब २४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालकमा, धनुषा जनकपुरकी १७ वर्षीया किशोरी र धादिङकी ३० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरु तीनै जनाको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ। धादिङकी महिलाको ठेगाना भने मत्रालयले सार्वजनिक गरेको बिज्ञप्तिमा केही उल्लेख गरिएको छैन ।