रेडियो बिहानीको भवनमा रहेको फ्रेस हाउसमा आगलागी

1148 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २ जेठ – सदरमुकाम धादिङबेसीबाट प्रसारित  रेडियो बिहानी ९७.६ मेगाहर्जको स्टेशन रहेको भवनमा शुक्रबार दिउँसो आगलागी भएको छ ।

सहिद स्मृति संचार सहकारी संस्था द्वारा संचालित रेडियो बिहानीको सो भवनको सटरमा रहेको मासु पसल र रेडियो बिहानीका कर्मचारी बस्ने कोठामा क्षति पुगेको छ ।

भवनको सटरमा रहेको रामकोट फ्रेस हाउसमा ग्याँस लिक भएर आगजनी हुँदा पाँच लाख भन्दा बढीको क्षती भएको रेडियोका स्टेशन म्यानेजर संजय देवकोटाले बताउनुभयो ।

आगलागीबाट रेडियोको उपकरणमा क्षती नपुगे पनि भवनको वाइरिङ जलेकोकारण शनिवार विहान सम्मको लागि प्रशारण रोकिन पुगेको देवकोटाले जानकारी दिनुभयो । नीलकण्ठ नगरपालिकामा रहेको दमकलको सहायताले प्रहरी र धादिङका सोसिएल भोलिण्टिएर, स्थानीयको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।

फ्रेस हाउसका संचालक किशोरकुमार श्रेष्ठका अनुसार आगलागीका कारण मानवीय क्षति नभएपनि पसलमा रहेका सम्पूर्ण उपकरण, फर्निचर र नगद १ लाख समेत जलेर नष्ट भएको छ ।