प्रतिगमनबाट मुलुक बचाऔँ

713 पटक पढिएको

सम्पादक: Dhadingnews.com

अमर आचार्य
नेपालमा एकातिर दोस्रो संविधानसभाको निर्वाचनको प्रशासनिक तयारी र चर्चा चलिरहेको छ । अर्काेतिर भूमिगत ढंगले संविधानसभाको निर्वाचन हुन नदिने मात्र होइन कि २०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पारेर मूलुकलाई पुनः पश्चगमन तर्फ धकेल्ने रणनीतिलाई कसरी सार्थक बनाउने भन्ने रणनीति तयार हुदै गरेको संकेतहरु देखिन थालिएको छ ।
यस्तो रणनीति बनाउने कार्यमा विगत २३५वर्षदेखि नेपाल राष्ट्रमाथि गिद्देदृष्टि लगाइरहेको पश्चिमा साम्राज्यवादको नयाँ संस्करणका रूपमा उदाएको इन्डो–सिआइए गठबन्धनको दलालमा नियुक्तभएका, बाहिरबाट झट्टहेर्दा कोही राजनैतिकदलको कार्यकर्ताको आवरणमा त कोही सैनिकबर्दी वा सुरक्षाअंगका कर्मचारीको आवरणमा देखिने व्यक्तिहरु लागिपरेको आभाष आउनु अशुभ संकेत मान्नुपर्दछ ।
सिंगो नेपाललाई नै आफ्नो अधीनस्थ बनाउन चाहने तर सो सम्भव नभए नेपाललाई टुक्रा टुक्रामा विभक्त गरेर त्यसरी टुक्रिएका २÷४वटा टुक्रामा भएपनि आफ्नो आधिपत्य खडा गर्ने नियतराखेर कामगरेको इण्डो–सिआइए कम्पनी र त्यसका दलालहरुले माओवादी मार्फत उठाएको जातीय नारा, मधेशवादका नाममा चर्काएको क्षेत्रीयआन्दोलन लगायत अन्य यस्तै–यस्ता आन्दोलन चर्काएर नेपाली समाजलाई क्षतविक्षत गराई सकेकोले यसलाई संवैधानिकरूप दिन संविधानसभाको निर्वाचनको माध्यमबाट सजिलो हुन्छ भन्ने दृष्टिकोण राखेर मूलतः उसको ठूलो लगानीबाट स्थापित माओवादीलाई आफ्नो मूख्य माग संविधानसभा बनाउन लगाएर अगाडि बढायो । संविधानसभाको निर्वाचन पनि भयो तर उसले चाहेजस्तो नेपाललाई टुक्रा–टुक्रामा विभक्तपार्ने रणनीति पूर्ण असफल भयो ।
लगभग २३५वर्षको समय र खर्बौंखरब डलरको लगानी डुबेपछि तिल्मिलाएका इन्डो–पश्चिमा शक्तिकेन्द्रले विगतको असफलताको समीक्षा र भावी रणनीति तयार गरेको गतिविधिबाट खुल्नथालेको छ । विगतको समीक्षाका आधारमा मूलतः माओवादी, एमाले र फोरमले उनीहरुले चाहेवमोजिमको अपेक्षा पुरा नगरेकोले आ–आफ्ना हार्डकोर कार्यकर्तालाई तत्–तत् पार्टीबाट अलग बनाएर मूलपार्टीमा रहेकाहरुलाई आफ्नो शक्ति र सामथ्र्य देखाइदिए यसैगरी देश टुक्राउने अभियानलाई ब्राह्मण र क्षेत्री समाजको आन्दोलनले तुहाएको निश्कर्ष निकालेका इण्डो–पश्चिमा शक्तिकेन्द्रले क्षेत्री र ब्राह्मण समाजका केही अल्पज्ञानी, महत्वाकांक्षीहरुलाई सहयोग गरी पार्टी खोल्न लगाएर ब्राह्मणक्षेत्रीहरुको एकतालाई  क्षतविक्षत बनाउन सफल भए । यति गर्दापनि दोस्रो संविधानमा देश टुक्राउने तत्व स्थापित नहोला कि भन्ने भय र त्रासले अहिले यिनीहरुले सिआइए द्वारा परिचालित रिमका नेपाली एजेन्टहरुलाई निर्वाचनको वातावरण बनेमा निर्वाचनमा सहभागी हुन्छौँ भनेर आँफूहरु निर्वाचन विरोधी भएको पनि नदेखाउने तर निर्वाचनका लागि वार्ता गर्नुपर्ने भन्ने र सोकालागि कुनैपनि हालतमा संविधानसभाको दोस्रो निर्वाचननै हुननसक्ने खालका शर्तहरु तेर्साउने दोहोरो चालाबाजी गरिरहेको छर्लङ्ग देखिइसकेको छ ।
एउटा कोणबाट माथि उल्लेख गरिएको षडयन्त्र हुँदैछ भने अर्को कोणबाट उनीहरुले सर्वप्रथम नेकपा ड्यास माओवादीका नेता कार्यकर्ता मार्फत अरु पार्टीका नेताहरु भन्दा पूर्वराजा राष्ट्रवादी भएको प्रचार—प्रसार गराउने तत्पश्चाद् पूर्वराजालाई देशको संविधान उल्लङ्घन गर्ने प्रकृतिको गतिविधि गर्न लगाउने र यस्तो गतिविधि गर्नेलाई जेल हाल्नुपर्दछ भन्दै एमाओवादी मार्फत दवाव दिनलगाएर ज्ञानेन्द्रलाई २÷४दिन जेलनै नभएपनि हिरासतमा सम्म लगेर राख्ने परीस्थिति निर्माण गराउने रणनीति बनाएको देखिन्छ । यसकार्यमा अहिले प्रत्यक्षरूपमा नेत्रविक्रम चन्द र बाबुराम भट्टराईलाई खटाईसकेको र पछि उक्त केन्द्रले अन्य ब्याक्तिहरुलाई विस्तारै प्रतिगमनको पक्षमा उतार्दैलैजाने शिलशीला शुरुभएको देखिदैछ । यसरी पूर्वराजालाई हिरासतमा पु¥याएपछि मण्डले र राजा आऊ देश बचाऊ मार्काका मानिसहरुलाई अगाडि लगाएर पछाडिबाट ड्यास माओवादी र अन्य पार्टीहरुमा घुसपैठ गराइएका कार्यकर्ताहरु लगेर सशस्त्र विद्रोह मच्याएर संविधान सभाको निर्वाचन हुननदिने मात्र होइन देशनै ठप्प बनाउने छन् । यसबाट एकातिर मुलुक जनप्रतिनिधि विहिनको अवस्था र अर्कोतिर आन्दोलनको निस्सासिँदो वातावरण बनेपछि पहिले देशभित्रका सम्पूर्ण शक्तिहरु भन्दैलगेर त्यसपछि राष्ट्रवादी शक्तिलाईसमेत समावेश गर्नेभन्दै अन्तमा राष्ट्रवादी शक्ति भनेको पूर्वराजालाई समेत राखेर गोलमेच सम्मेलन गर्ने प्रस्ताव ड्यास माओवादीले उठाउने र नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई समाप्तपार्ने योजना बनाइएको चर्चा आउन थालेको छ । यसरी गोलमेच गर्दाको अवस्थामा नेपाली कांग्रेसबाट समर्थन जुटाउन डा. शशाङ्क कोइराला लगायतका केहि व्याक्तिहरुलाई तयार बनाइएको छ भने एमाले र मधेशवादी भित्रपनि ठूलो समूह तयार भइसकेको चर्चा छ । यदी कुनै पार्टीका नेताले यस्तो प्रतिगामी कदमको विरोध गरेमा त्यस्तालाई भ्रष्टाचारीको आरोप लगाएर सिध्याइदिने  रणनीति अनुसार ठूलो योजना अनुरूप लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाएको खुलासा हुन थालेको छ ।
यसरी ०६२÷०६३को जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्तपार्दा अहिलेसम्म राष्ट्रव्यापी संरचना भएका पार्टीहरु समाप्त भईसक्ने उनीहरुको आँकलन छ । जसबाट प्रतिगमनका विरुद्धमा रहेको परिवर्तनकामी ठूलो शक्ति विद्रोहमा निस्कने र त्यो आन्दोलनमा इण्डो–सिआइए समुहले लगानीगरेर स्थापितगराइएका जातीयतावादी र क्षेत्रीयतावादी विभिन्नसमुहसमेमतलाई आन्दोलनमा उतारेर नेपालमा सर्वत्र अन्यौल श्रृजनागराई विगतमा दरबार हत्याकाण्ड गराएजस्तै अर्को हत्याकाण्ड मच्चाएपछि नेपाललाई सहजै क्षत–विक्षत गराउन सकिने ठहरकासाथ लागिपरेको आभाष हुन थालेको छ ।
त्यसैले भित्र–भित्र नेपाललाई तहस–नहस बनाउने र नेपाली नागरिकलाई अधिकार सम्पन्न हुननदिने इण्डो–सिआइएका एजेन्ट सामन्ति शोषकवर्गद्वारा पालित, पोषित र संरक्षित क्रान्तिकारी, राष्ट्रवादी, जनवादी र लोकतन्त्रवादीको खोलओडेर हिंडेका छद्मभेषी जाली फटाहाहरुको षड्यन्त्रलाई भण्डाफोर गर्न जरुरी छ । हजारौँ हजार शहिदहरुको त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रका साथसाथै नेपालको सार्वभौमिकता, अखण्डता र नेपाली अस्मिताको रक्षा, संरक्षण र संवद्धन गर्न सचेत नेपालीहरु एकतावद्धभएर फूकेर पाइलाचाल्दै अगाडी बढ्न जरुरी देखिएको छ । सबैलाई चेतना भया !

इ–मेल: [email protected]