धादिङका छैटौ व्यक्तिमा कोरोना सकंम्रण

1143 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

भारतको हरियाणाबाट एक साता अघि घर फर्किएका ति पुरुषलाई नीलकण्ठ नगरपालिकाले क्वारेन्टाइनमा राखेर आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई आईसोलेसनमा राखेर उपचार शुरु गरिएको छ ।
आरडिटी परिक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएपछि स्वाव संकलन गरि पठाईएकोमा पिसिआर रिपोर्ट पोजेटिभ आएको नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएका व्यक्ति संग साथमा आएका व्यक्तिहरुको पहिचान गरि ति सबैको कोरोना परिक्षण गरिने भएको छ । पोजेटिभ देखिने धादिङका यि छैटौं व्यक्ति हुन । पहिलो, दोश्रो र तेश्रो व्यक्ति उपचार पछि निको भएर घर फर्किसकेका छन भने चौथो र पाँचौं व्यक्तिको काठमाण्डौंमा उपचार भईरहेको छ ।