पैसा महाकाव्य हो !

1113 पटक पढिएको

सम्पादक: Dhadingnews.com

images badri(भस्मासुरको वज्र)
बद्रीप्रसाद दाहाल,

मात्रै ‘ढाल’  बनाई देश—जनता , लुट्छौं  भकुर्छौं  धन ।
हाम्राधूर्त—चलाखचाकर हु‘दा , हल्लिन्न  ंिसंहासन ।।
पैसा नै  बल—बुध्दि–शुध्दि सुखको , सोपानहो आखिर ।
पैसा  नै पद वंश—गौरव  हुने , संमानहो  आखिर ।।१।।

पैसाले जन–भावनामतकयौं , मोडिन्छ  तोडिन्छ रे ।
पैसामै नव–सिर्जना  र  रचना , जोडिन्छ जोडिन्छ रे ।।
दोषी–कूट अगस्तिशिष्ट रसिला , सन्तुष्ट  झैं देखिने ।
दम्भीकंश–प्रवृत्तिशोषक सधैं , श्रीकृष्ण झैं लेखिने ।।२।।

कस्तो  शक्तिअचम्मजादु धनको , संसारकै  तेज  हो ।
मक्किन्छन्  कति ‘वाद–दर्शन’यहॉ , पैसा ठुलो क्रेज हो ।।
लत्रन्छन् धनवाद मै जगतका , सिध्दान्त— आन्दोलन ।
अग्ला —स्वप्न सुदूर — लोचन   मरे  , पैसाविनाहर्दम ।।३।।

जे–जे  मिश्रणवाद छन् अझनयॉ, चक्लेटी संश्लेषण ।
हॉस्छन् तीधनवाद टोनिकपिई , स्वार्थी— अ‘ध्यारा गण ।।
उर्जा  हो  धनवाद ‘ढाल’ दलको, सत्तालिने यन्त्रहो ।
पुर्जा नंबरी  हुन्छ यो मुलुकनै  , सत्तालिने मन्त्रहो ।।४।।

व्याख्याकार प्रवीण  चिन्तककयौं , घुक्छन्  धनै  पाउ‘दा ।
हिंसाचार  अपार बाहु–बलिया , झुक्छन्  धनै  पाउ‘दा ।।
रम्भामोहकउर्वशी बस परी , पैसा  भए  आउ‘छन् ।
के वैज्ञानिक ?वैद्य — डक्टर सबै , पैसा  भए धॉउछन् ।।५।।

गद्दी स्वागत गर्छ —भर्छ जनताचर्का  प्रशंसा  अति ।
जिन्दावाद ! चिरायु ! –मा  जुलुसका , गुन्जन्छ नारा कति?।।
आऊ ए धनवादकापछि  सबै , यै हव्यवाकव्यहो ।
गाऊगीत—कथा  रमुक्तककवि ! पैसा  महाकाव्यहो ।।६।।

समाप्तम्