इपानको उपाध्यक्षमा धादिङका भरत खत्रीको उम्मेदवारी

1665 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को नयाँ नेतृत्व चयनका लागि दुई समूहका बिच प्रतिस्पर्धा हुने भएको छ । आगामी असार १५ गते हुने निर्वाचनका लागि सदस्यहरू दुई धारमा बाँडिएका छन् ।

संस्थापन पक्षले नयाँ अनुहारलाई बेवास्ता गरेर अघि बढ्न खोजेपछि सदस्यहरु नेत्तृत्व चयन गर्न दुई धारमा बाँडिएर निर्वाचनमा जान लागेका हुन् ।

बाराही हाइड्रो पावर कम्पनीका अध्यक्ष तथा रुग्ण जलविद्युत्त आयोजनाको संयोजन गरिरहेका सूर्यप्रसाद अधिकारी तथा उनको समूहले नयाँ प्यानल बनाएर निर्वाचन लड्ने निर्णय गरेको छ । संस्थापन पक्षको योजनामा फरक मत राख्दै अधिकारी समूहले बिहीबार आफ्नो प्यानल घोषणा गरेको जानकारी दिएको छ ।

अधिकारी समूहमा उपाध्यक्षहरू अर्जुनप्रसाद गौतम, उत्तम ब्लोन, भरत खत्री, महासचिव गोरे शेर्पाले उमेदवारी दिने निर्णय गरेका छन् । यस्तै, सचिवहरूमा भरत लामिछाने थापा, मोहनविक्रम कार्की, प्रकाश दुलाल तथा कोषाध्यक्ष बलराम खतिवडाले उम्मेद्वारी घोषणा गरेका छन् ।

यसैगरी, सदस्यहरूमा मिथुन (सिपी) पौडेल, सुमनकुमारी जोशी, विक्रम विष्ट, जितमान शेर्पा तथा महिला सदस्यहरूमा अविज्ञा मल्ल, केसाङ डिकी लामाले उम्मेद्वारी घोषणा गरेका छन् ।

सहमतीबाट नेत्तृत्व चयन गर्न अन्तिम समयसम्म प्रयास भए पनि सहमति जुट्न नसकेपछि संस्थापन र नयाँ समूह प्रतिस्पर्धामा जाने भएका हुन् । उपाध्यक्षमा उम्मेदवारी दिएका खत्री धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका वासिन्दा हुन । खत्री पिपुल्स पाबर लि. पुवा खोला २ ईलाम ४।९७ को अध्यक्ष ,संखुवासभा ईसुबा खोला ९७ मे वा को संचालक हुनुहुन्छ ।

संस्थापन पक्षले जलविद्युत्त उद्यमी कृष्ण आचार्यलाई अध्यक्षको रूपमा अगाडि सारेको छ । उनको समूहमा उपाध्यक्ष कुमार पाण्डे, आशिष गर्ग, गणेश कार्की तथा महासचिवमा आनन्द चौधरी लगायतले दाबेदारी गरेका छन् । संस्थापनले रुग्ण आयोजनाका समस्या नसुनेको तथा सरकारले घोषणा गरेका सुविधा प्राप्त गर्न लबिङ नगरेको नयाँ अनुहारहरूको आरोप छ ।

प्यानल घोषणा गरे पनि संस्थापनले सहमतिका लागि वार्तामा बोलाएर छलफल गरे सहमित गर्न सकिने अधिकारी समूहको निष्कर्ष छ । साना वा ठूला आयोजना प्रवद्र्धन गरिरहेका जोसुकैको अवाज वा समस्या सुन्न सक्ने व्यक्ति अवको नेतृत्वमा आउनुपर्ने अधिकारीले बताउँदै आएका छन् ।
इपान कार्यसमिति पाँचौं कार्यकालसम्म सर्वसम्मतले नेतृत्व तथा कार्यसमिति चयन हुँदै आएको थियो । छैटौ कार्यकालका लागि पनि सहमतिको प्रयास गरिएको थियो । तर, संस्थापन पक्ष आफ्नै स्वार्थ अनुसार अगाडि बढेपछि बाध्य भएर नयाँ प्यानल बनाउनु परेको अध्यक्षका प्रत्यासी अधिकारीले बताए ।

निजि क्षेत्र को सबैभन्दा बढि लगानि रहेको यस ब्यबसायमा करिब ७ खर्ब लगानी रहेको छ भने हाल यस संस्था मा १७५ कम्पनी आबद्ध रहेका छन