बेल्जियममा रहेका प्रवासी नेपालीबाट नेपाल सरकारलाई सहयोग

1325 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – बेल्जियममा रहेका प्रवासी नेपालीहरुको संगठन प्रवासी नेपाली एकता मञ्चले कोभिड १९ विरुद्ध लड्न नेपाल सरकारको कोभिड(१९ सहयोग खातामा २ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेकपा समर्थकहरुको प्रवासी संगठनले आफ्नो सदस्यहरुबाट सहयोग उठाएर यो रकम नेकपाको नेता युबराज चौंलागाई मार्फत नेपाल पठाएको हो।

नेपालमा नेकपा एमाले र नेकपा माओवादी एकिकृत भएपछि दुबैदलको प्रवासी संगठनहरु एकिकृत भएर यो प्रवासी नेपाली एकता मञ्च बनेको हो। यस संगठमा हाल ६१ जनाको समिती छ भने यसको अध्यक्षमा जीत लामा र सचिबमा बोधराज पौडेल हुनुहुन्छ । संसारको ज्नसुकै ठाउँमा पुगेपनि आफ्नो आफ्नो देशको लागि केही गर्नुपर्छ भनेर संगठनले नेपाल सरकारलाई सानो सहयोग पठाएको संगठनका आर्थिक विभागका प्रमुख भीम सुबेदीले वताउनु भयो ।