टिकटकसहित ५९ चिनियाँ एप भारतमा प्रतिबन्ध

1793 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भारतले टिकटकसहितका ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । गोप्य सूचनाहरू चुहावट भएको भन्दै भारत सरकारले टिकटक, सेन्डर, क्याम स्क्यानर, यूसी ब्राउजर, सेयरइटलगायत ५९ एपमा प्रतिबन्ध लगाएको भारतीय सरकारी समाचार संस्था पिटिआईले जनाएको छ ।

असार पहिलो साता भारत‑चीन विवादित भूमि लद्दाखमा चिनियाँ सेनाको आक्रमणमा भारतीय सेनाका कर्णेलसहित २० जनाको मृत्यु भएपछि सुरु भएको दुईदेशीय विवाद ‘टेक्नोलोजी वार’सम्म पुगेको हो । चिनियाँ एपमार्फत भारतीय सुरक्षा, अखण्डता र सार्वभौमसत्तामाथि आँच पुगेको भारत सरकारको ठहर छ । भारत सरकारले सुरक्षा निकायबाट चिनियाँ एपको सूची मागेको थियो ।

सुरक्षा निकायले चीनले भारतको सुरक्षा तथ्यांक लिन सक्ने आशंका व्यक्त गरेपछि सरकारले एप बन्द गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ ।
– न्यूज कारोबारबाट