ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

1477 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको छ ।

कोरोना महामारीको कारण खाद्य संकट व्यहोरिरहेका गाउँपालिकाका अति विपन्न गरिब दलित तथा रोजगारी गुमाएका मजदुर परिवारलाई उपलव्ध गराउने गरि बैकले सोमबार खाद्यान्न सामाग्री सहयोग गरेको हो । बैँकका शाखा प्रमुख सायर उप्रेतीका अनुसार २ लाख ४६ हजार ३ सय ७ रुपैयाँ बराबरको खाद्यान्न गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत देशैभरिका शाखा मार्फत सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग कार्यक्रमलाई निरन्तरता दिने शाखा प्रमुख उप्रेतीले बताउनु भयो ।

कोरोना भाईरस विरुद्धको अभियानमा बैंकले पालिका भित्रका उच्च जोखिममा रहेको वर्गलाई लक्षित गरि दिएको सहयोगले कोरोना विरुद्व लड्न थप प्रेरणा र सहयोग मिलेको गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताउनु भएको छ । गाउँपालिकाले बैकलाई प्रशंसा पत्र दिएर सम्मान गरेको छ ।