प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

1224 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीको फोटोसहित ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरोकार’ लेखिएका ब्यानर बोकेर युवाहरुले धादिङबेसीको सडकमा प्रदर्शन गरेका हुन ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीको राजीनामा मागेपछि प्रधानमन्त्री ओलीका पक्षमा सडक प्रदर्शन भइरहेका छन्।

नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच छलफलका लागि भन्दै स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित छ । बुधबार धादिङ सदरमुकामका साथै काठमाडौं उपत्यका र देशका विभिन्न स्थानमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरुले ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिनुपर्ने, भारतीय दलाल होसियार लगायत नारा पनि लगाएका र्थि ।

प्रदर्शनमा राष्ट्रिय झन्डा बोकेर युवाहरु भेला भएका थिए। उनीहरूले वैदेशिक हस्तक्षेप स्वीकार नहुनेजस्ता नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए ।