बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

1553 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित रहन  संघीय सांसद भूमी प्रसाद त्रिपाठीले आग्रह गर्नु भएको छ ।

धादिङ न्यूज संग कुराकानी गर्दै धादिङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद त्रिपाठीले अविरल बर्षा पछि बाढी पहिरोले निम्त्याएको घटनाबाट आंफु दुखित भएको बताउनु भएको छ ।

बर्षा जारी रहेकाले नदी,खोला र पहिरो संकटग्रस्त क्षेत्रबाट सुरक्षित स्थानमा गई बस्न, जोखिम हुने स्थानमा नजान, आपतकालिन अवस्था आईहालेमा नजिकको प्रहरी र जनप्रतिनिधि संग निरन्तर सम्पर्क रहन उहाँले आग्रह गर्नु भएको छ ।

जनधनको क्षती, पूर्वाधारको नोक्सानी हुने क्रम बढ्दै गएकोमा आंफु निकै दुखित रहेको बतउँदै सांसद त्रिपाठीले विपदको वेला धैर्यता नगुमाउन आग्रह गर्दै बाढी पहिरोले पु¥याईरहेको हानी नोक्सानीले जनजिवन प्रभावित हुने क्रम बढ्दै गएकाले अति आवश्यक काम बाहेकको अवस्थामा जोखिमपूर्ण क्षेत्र तर्फ नजान,सुरक्षित स्थानको पहिचान गरि बस्न, सतर्क रहन र नआत्तिन पनि सांसद त्रिपाठीले सर्वसाधरणलाई अनुरोध गर्नु भएको छ ।

नदी र खोलामा पानी बहाव बढ्दै गइरहेकोले घर बस्ती पहिरोको जोखिममा रहेकाहरुले जनप्रतिनिधि र प्रहरी संग समन्वय गरि सुरक्षित स्थानमा सरेर बसिदिन पनि सांसद त्रिपाठीले आग्रह गर्नुभएको छ ।

धादिङ जिल्ला र चितवन जिल्ला जोड्ने पृथ्वीराजमार्गको मौवाखोलाको पुल बगाएपछि राजमार्गमा सवारी आवागमन वन्द हुन पुगेको छ भने धादिङबेसी मलेखु सडक खण्डमा पनि ठाउँ ठाउँमा पहिरो गएर क्षती पुगेको छ ।

त्यस गरि पृथ्वीराजमार्गको मौवाखोला देखि नौविसे सम्मको खण्डमा पनि जतातर्त पहिरो खसेर सडक अवरुद्ध भईरहेको छ ।

पहिरोमा परि जिल्लामा एक जनाको ज्यान गएको छ भने एक जना हराईरहेका छन । एक जनाको अवस्था गम्भिर रहेको छ । जिल्लाभर दर्जनौं स्थानमा पहिरो खसेर घर बस्ती संकटमा परेको छ ।