ट्याङ्कर त्रिशुली नदीमा खस्यो

1013 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,४ असोज । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीराजमार्गबाट ट्याङ्कर त्रिशुली नदीमा खसेको छ ।                                                   बाराको अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ लिएर काठमाडौ तर्फ जादै गरेको ट्यान्कर आज बिहान २ बजे तिर सडकबाट १०० मिटर भन्दा तल त्रिशुली नदीमा खसेर दुर्घटना भएको प्रहरी चौकी बैरेनीले जनाएको छ । ट्यान्कर नदीमा डुबिरहेको अबस्थामा भेटिएपनी त्यस्मा कति जना ब्यक्ती थिए भन्ने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । नदीमा डुबिरहेको ट्यान्करमा आगो बलिरहेको स्थानीय नबराज काराखेतीले धादिङ न्युजलाई बताए ।