महादेववेशी बजारमा दुर्घटना, ३ बर्षिय वालिकाको मृत्यु

1228 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ४ असोज – धादिङ थाक्रे गाउँपालिका वार्ड नं. ६ महादेववेशी बजारमा आज दिउँसो २ बजे नौविसे देखी मलेखुतर्फ जाँदै गरेको ना ३ ख ५१८३ ट्रक ले स्थानिय ३ बर्षिय वालिका सञ्चिता कार्कीलाई ठक्कर दिंदा वालिकाको घटनास्थलमै मृत्यू भएको छ । घटना लगत्तै ट्रकका चालक खानिखोला प्रहरी चौकीको सम्पर्कमा गएको र हाल प्रहरीको नियन्त्रणमा रहेको महादेववेशी प्रहरीले जानकारी गराएको छ भने ट्रकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटना लगत्तै केहिवेर रोकिएको राजमार्ग केहिछिनमै सुचारु गरिएको थियो ।