आइपिएल मा आज सन्दिपको टिम दिल्ली क्यापिटलले र किङ्गस ११ पञ्जावको सामना गर्ने

1945 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

दुवइ, ४–असोज,
हिजो वेलुका बाट शुरुभएको विश्वकै सवैभन्दा चर्चित र ठुलो क्रिकेट लिग प्रतियोगीता इन्डियन प्रिमियर लिग टि २० मा आज दोश्रो दिन नेपाली उत्कृष्ट बलर सन्दिप लामिछाने को टिम दिल्ली क्यापिटल ले किङस ११ पञ्जावको सामना गर्नेछ । आज वेलुकी ७ ः ४५ बजे नेपाली समय अनुसार शुरुहुने आजको खेलमा नेपाली बलर सन्दिप लामीछाने भने पर्ने सम्भावना निकै कम रहेको छ । तर धेरै क्रिकेटर विज्ञहरुले दिल्लीको लागी सन्दिप अत्यन्त आवश्यक रहेको बताएका छन् । हालै सम्पन्न क्यारेवियन क्रिकेट लिगमा उत्कृष्ट प्रदर्शन गरेका सन्दिप दुबइमा आइपुगी ६ दिन क्वारेटाइन बसेर खेल्नको लागी योग्य भएका छन् । हिजो भएको यस सिजनको पहिलो खेलमा गत बर्षका डिफेन्टिङ च्याम्पियन मुम्बई इन्डियन लाई चेन्नइ सुपर किङस ले ५ विकेट ले पराजित गरेको थियो ।