मापदण्ड विपरित चलेका पाँच क्रसर उद्योग बन्द

987 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट- नुवाकोट जिल्लामा  मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा अबैध ढंगबाट सञ्चालित पाँच क्रसर उद्योग बन्द गराएको हो ।

प्रचलित कानूनअनुसार क्रसर उद्योगहरु सञ्चालन भए नभएको अनुगमन गर्नेक्रममा मापदण्ड विपरित सञ्चालन भएको पाइएकोले बन्द गराईएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभयो ।

बन्द गराइएको क्रसर उद्योगमा लिखु गापा–४ स्थित क्षेत्रपाल क्रसर उद्योग प्रालि, तादी गापा–१ स्थित सूर्यकुण्ड रोडा ढुङ्गा उद्योग प्रालि, तादी गापा–३ स्थित दुप्चेश्वर रोडा ढुङ्गा क्रसर उद्योग प्रालि, पञ्चकन्या गापा–२ स्थित नेशनल लाइभ एण्ड स्टोन कम्पनी प्रालि र विदुर नपा–५ मा रहेको बर्ड स्टोन क्रसर उद्योग प्रालि रहेका छन् ।नुवाकोटको छिमेकी जिल्ला धादिङमा पनि मापदण्ड विपरित क्रसर उद्योगहरु सञ्चालन हुंदै आएका छन् ।