सामुदायिक विद्यालयहरुको साझा प्रयास, सामुहिक अनलाइन कक्षा प्रारम्भ

1327 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज,
१६ असोज
कोरोना भाइरसका को कारण विद्यार्थीहरुमा पर्नगएको शैक्षिक क्षतिलाई कमगर्न नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष तथा सत्यवती मा.वि का प्रधानाध्यापक लक्ष्मण शर्माको परिकल्पनामा धादिङका विशेषगरी राजमार्ग क्षेत्रका सामुदायिक माध्यमिक विद्यालयहरुले सामुहिकरुपमा जुम एप मार्फत सामुहिक अनलाईन कक्षाको थालनी गरेका छन् । हाललाई पुर्वको धुनिवेशी देखी बेनिघाट रोराङ सम्मको सामुदायिक विद्यालयहरुले सामुुहिक प्रयासबमोजिम सञ्चालन हुने अनलाइन कक्षामा जिल्लाभित्र इन्टरनेटको पहुँचमा भएका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको कक्षा हाललाई परिक्षणको रुपमा कक्षा १० का विद्यार्थीहरुका लागी बेलुका ६ बजे देखी ८ बजे सम्म दैनिक सञ्चालन गर्ने गरिएको जनजागृति माध्यमिक विद्यालयका प्र.अ. लावण प्रसाद फुयलले बताउनु भयो । नेपाल सरकारको सहयोगमा नेपाल टेलिकमले जुम एपको लागी फ्रि डाटा उपलव्ध गराउने कार्यक्रम बमोजिम मोबाइल भएको परिवारका विद्यार्थीहरु कायृक्रममा जोडिन सहजहुने तथा कोभिड १९ को बढ्दो प्रकोपले हाल आंशिकरुपमा सञ्चालनमा आएको विद्यालयहरु र सञ्चालित कक्षा बाट तोकिएको समयमा तोकिएको उद्येश्य पुरा गर्न कठिन देखिएकोले पनि यो कार्यक्रमको आवश्यकता देखेर थालनी गरिएको आदर्श मा.वि गजुरीका प्र.अ. राम अर्यालले बताउनुभयो । त्यस्तै कक्षा कोठामा सिमित आफ्नो विद्यालयका विद्यार्थीहरुलाई मात्र अध्यापन गरिरहेको अनुभव भएता पनि अनलाईनको माध्यमबाट धेरै माध्यमिक तहका विद्यार्थीहरु संग साक्षत्कार भएर कक्षा लिन पाउँदा अत्यन्त उत्साहित भएको र रमाइलो लागेको मच्छिन्द्र मा.वि खानिखोलाका सामाजिक शिक्षक केशव रुपाखेतीले आफ्नो अनुभव सुनाउनु भयो । पठनपाठन बन्दभई अन्योल भएको अवस्थामा धेरै विद्यालयका साथीहरुसंग चिनजान गर्दै पढन पाएकोमा एकदम खुसी महशुस भएको जनजागृति माध्यमिक विद्यालयका बिद्यार्थी अविरल कार्कीको रहेको छ । हाललाई ३ महिनाको लागी ५०० जना क्षमताको जुम एप्लिकेशन मार्फत थालनी गरिएको कक्षामा विभिन्न विद्यालयका विषयगत शिक्षकहरुको समिति बनाई पालैपालो कक्षा लिने गरिएको र उक्त कक्षामा पालो नपरेका शिक्षकहरु समेतले सहभागीता रहनेहुँदा शिक्षकहरु बिच शिक्षण अनुभव आदनप्रदानको राम्रो माध्यमहुने साथै प्रविधिको प्रयोग सहितको बिद्यार्थी केन्द्रित शिक्षण हुने हुँदा यो अभ्यासको थालनी गर्न सुझाएको कार्यक्रमका परिकल्पनाकार लक्ष्मण शर्माले बताउनुभयो ।