आयआर्जनका लागि किसानलाई वाख्रा बितरण

911 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थांक्रे – धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर ८ मा २ वटा समूहका ११ जना सदस्यलाई ३/३ वटाको दरले ३३ वटा बाख्राका बिउ पाठी बितरण भएको छ ।

सहयोगी हातहरुको समूह(सहास) नेपाल स्थानिय प्रयासमा जिबिकोपार्जन सुधार परियोजना (इल्लिप) ले थाक्रे गाउँपालिका संगको समन्वयमा बाख्रा बितरण गरेको हो । थाक्रे ८ माझगाउँ नमुना महिला कृषक समूहका ६ जना र ससिराङ काउलेको मखमली कृषक समूहका ५ जना गरि ११ जनाका लागी बाख्रा सहयोग भएको हो ।

सहास नेपालले काम गरिरहेका समूहहरुको माग निबेदन,गाउँपालिका र वडा संगको समन्वय पश्चात सदस्यहरुलाई बाख्रा उपलब्ध गराईएको हो । उचित ब्यवस्थापनका लागी कृषक स्वयं जिम्मेवार रहुनपर्ने साथै,समूह ,परियोजना र वडा कार्यालय बाट समेत नियमित अनुगमन हुने कुरा सहास नेपालका परियोजना अधिकृत हरि प्रसाद अधिकारीले बताउनु भएको छ । साथै सदस्यहरुको आयआर्जनमाथप टेवा पु¥याउनकार्यक्रमगरिएको बताउनुभयो ।अहिले बाख्रालिएका सदस्यहरुले १ बाख्राको अर्को १ पाठी समूहमा उपहार दिनेछन् र समूहले पुनअन्य सदस्यलाई पालैपालो बितरण गर्नेछ ।

थाक्रे गाउँपालीका वडा नं ८ काअध्यक्ष केशव प्रसाद प्याकुरेल कार्यपालिका सदस्य कृषणमायाँ आले र अन्य वडा सदस्यहरुको समेत उपस्थितीमा बाख्रा हस्तान्तरण गरिएको हो । गाउँमा नमुनाको रुपमा बाख्रापालन कार्यलाई अघि बढाउने र श्रोतकेन्द्रको रुपमा बिकास गर्ने योजना रहेको सदस्यहरुले बताएका छन् ।