नाबालिका बलात्कारको अभियोगमा त्रिपुरासुन्दरीका प्रकाश पक्राउ

946 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा – नाबालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१६ लामाचौर बस्ने बर्ष २९ को प्रकाश नेपाली रहेका छन् ।

फरक क्षमता भएकी ११ वर्षकी नाबालिका जबरजस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

ती नाबालिकालाई घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्कीसमेत दिई ललाईफकाई गरी जबरजस्ती करणी गरेको भन्ने सुूनाको आधारमा उनलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनलाई जिल्ला अदालत कस्कीबाट सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपीले हमालले बताए ।

  • गण्डकी भ्वाइसबाट