भक्तपुर बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा

793 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ । बर्डफ्लू नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सरकारले भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीन साताअघि देखिएको बर्डफ्लु नियन्त्रण गर्न नसकेपछि कृषि तथा सहकारी मन्त्रालयले बुधबारदेखि भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

मन्त्रालयले बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेपछि सो रोग नियन्त्रणका लागि भक्तपुरबासीसँग सहयोग मागेको छ । भक्तपुरबासीले भने भक्तुपरलाई मात्र नभएर ललितपुर र काठमाडौंलाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिरहेका छन् । भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको खबर पाएपछि व्यवसायीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा नाराजुलुस गरे । हालसम्म भक्तपुरमा ४५ वटा बढी कुखुरा फर्ममा बर्डफलूको संक्रमण फेला परेको पशु स्वास्थ्य विभागले जनाएको डेली नेपाल न्युजले लेखेको छ ।