रेडियो धादिङ प्रशारण हुन थालेको १४ वर्ष पुग्यो

1597 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- रेडियो धादिङ १०६ मेगाहर्ज औपचारिक प्रशारण हुन थालेको १४ बर्ष पुगेको छ ।

ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्जले २०६४ साल पौष २१ गते धादिङवेसीबाट आफ्नो नियमित प्रशारणको आरम्भ गरेको थियो । तत्कालिन सभामुख सुवाषचन्द्र नेम्वाङले रेडियोको औपचारिक प्रशारणको उद्घाटन गर्नु भएको थियो ।२०६४ भदौबाट प्रशारणमा आएको भएपनि रेडियो धादिङले औपचारिक प्रशारणको शुरुवात २०६४ पुस २१ गतेलाई मानेको छ ।

हरेक दिन बिहान ५ बजेदेखि राती १० बजेसम्म नियमित १७ घण्टा प्रशारण हुँदै आएको रेडियो धादिङमा गित, संगित, मनोरन्जन, शिक्षाप्रद तथा सूचना र समाचारका कार्यक्रमहरु प्रशारण हुने गरेको छ । रेडियोल प्रत्येक दिन नेपाली भाषाका खवर ६ बुलेटिन र चेपाङ भाषाको खबर १ बुलेटिन प्रसारण गर्दै आईरहेको छ ।१४ औं वर्षमा प्रवेशको अवसर पारेर रेडियोले मंगलबार विहान चियापान कार्यक्रमका साथै रेडियोका सञ्चालक समाजका प्रबुद्धवर्ग र अग्रज सञ्चारकर्मीहरुका बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।