प्रशंसा साना किसान कृषि सहकारी संस्थाको आठौ साधारणसभा सम्पन्न

1421 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

खनियावास – प्रशंसा साना किसान कृषि सहकारी संस्था लि को आठौ साधारणसभा सभा मंगलबार खनियावास गाउँपालिका वडा नं २ कोखिममा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष गेवापेसाङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष एवम प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालको प्रमुख आतिथ्य रहेको थियो । साधारणसभालाई समाजसेवी मंग तामाङ ,पन्थ तामाङ ,राज तामाङ ,खनियावास गापा वडा नं १ र २ का वडासदस्यहरु,झार्लाङ माविका शिक्षक प्रतिनिधि लगायत सहकारी शेयर सदस्यहरुको उल्लेख सहभागीता रहेको थियो ।

साधारणसभाले आब २०७६,७७ मा भएको आर्थिक तथा प्रगति प्रतिवेदन पारित र आगामी बर्षको निति तथा कार्यक्रम पारित गरेको छ । सहकारीमा ५ सय ७७ जना शेयर सदस्य ,३९ जना बाल बचतकर्ता रहेका छन् । कुल २२ लाख ७७ हजार शेयरपुँजी रहेको सहकारीले उदेश्य अनुरुप शेयर सदस्यको कृषिको माध्यमबाट जिविकोपार्जन रुपान्तरणको लागि आफ्नो कार्यक्रम संचालन गरेको प्रबन्धक प्रकाश तामाङले बताउनु भयो । कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथि अर्यालले सहकारीले ग्रामीण भेगमा रहेर स्थानीय कृषि पेशा संलग्न शेयर सदस्यको आर्थिक सामाजिक विकासमा उल्लेख योगदान गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

सहकारीले अर्गानिक आलु खेती,अलैंची खेति,टिम्मुर खेती प्रबद्र्धन गर्ने शेयर सदस्यहरुको क्षमता विकासमा कार्य गरिएको पनि प्रबन्धक प्रकाश तामाङले जानकारी दिनु भयो ।